लालझाडी,
राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे अवसरमा लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव लाग्ने भएकाे छ ।
राना थारु कला संस्कृतिक संरक्षण प्रबर्द्धनका लागि महाेत्सव लाग्ने भएको अायोजकले जनाएको छ । रानाथारू कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा उक्त दुईदिने महाेत्सव हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।
लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा चैत ३० र फाल्गुन १ गते महाेत्सव हुने मञ्चका अध्यक्ष नारायण रानाले बताए । उहाका अनुसार होली पर्वको अन्त्य सँगै राना समुदायकाले मनाउने खखडेहरालाई महोत्सव मार्फत प्रदर्शन गर्ने बताए ।
महोत्सवमा रानाथारु कला संस्कृति झल्किने साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार आदिकाे प्रदर्शनी समेत रहने युवा समाजसेवी अम्मर रानाले जानकारी जानकारी गराउनु भयो । यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।
Discussion about this post