स्ववियू निर्वाचनका लागि कञ्चनपुरका विद्यार्थी संगठनहरुद्धारा संगठन दर्ता

कञ्चनपुर,
आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि कञ्चनपुरका क्याम्पसमा विद्यार्थीहरुले संगठन दर्ता गरेको छ ।

 

कञ्चनपुरका सकृय विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचन आफ्नो पक्षमा पार्न जिल्ला भरका १५ क्याम्पसमा संगठन दर्ता गराएका हुन ।

१ सिद्धनाथ बिज्ञान क्याम्पस, महेन्द्रनगर,२ जनज्योति बहुमुखी क्याम्पस, महेन्द्रनगर ३ बालजागृती कलेज, महेन्द्रनगर ४ कंचन बिद्या मन्दिर सामुदायिक कलेज, महेन्द्रनगर ५ दानेश्वरहरी बहुमुखी क्यापस, जिमुवा ६ भानु बहुमुखी क्याम्पस, दोधारा चादनि ७ कृष्णबैजनाथ बहुमुखी क्याम्पस, झलारी ८ उदय सरस्वती क्याम्पस, बंक ९ कन्चन बहुमुखी क्याम्पस, गुलरिया १० महाकाली बहुमुखी क्याम्पस, बेलौरि ११ शारदा बिद्यापिठ, महेन्द्रनगर १२ वारिधी कलेज, महेन्द्रनगर १३ रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी १४ रामपुर बहुमुखी क्याम्पस, बेलौरी र १५ जनता बहुमुखी क्याम्पस, पुनर्वासमा संगठन दार्ता गराएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले निर्वाचन कार्य तालिका अनुरुप जिल्लाभका १५ क्याम्पसमा संगठन दर्ता गरेको बताए । उनका अनुसार यस अघि नै सबै क्याम्पसमा संगठन विस्तार गरिएको छ । भने स्ववियू निर्वाचन प्रशिक्षण समेत शनिबार गरिने बताए । यो कार्य मा जिम्मेवारी पुर्वक कार्य सम्पन्न गर्नु भएका सम्पुर्ण कमरेडहरु लाई धन्यवाद साथै यो अभियानमा सहयोग गर्नु हुने संगठन नेता, पार्टी का नेता कमरेडहरुलाई समेत बिशेस धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यस्तै नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले त्रिविको निर्वाचन कार्य तालिका अनुरुप कञ्चनपुरका १५ क्याम्पसमा संगठन दर्ता गरेको बताए । उनका अनुसार संगठन दर्तासंगै स्ववियू निर्वाचनका लागि नेवि संघले थप कार्यक्रम गरिनेछ । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता दल बहादुर धामी(अबिरल)ले स्ववियू निर्वाचनका लागि क्रान्तिकारीले जिल्लाका १५ क्याम्पसमा संगठन दर्ता गरेको बताए । उनका अनुसार निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक छलफलमा संगठन रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित