कञ्चनपुरमा जंगली बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

कञ्चनपुर,
कञ्चनपुरमा जंगली बदेलमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ को संक्रमण देखिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बँदेलमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ को संक्रमण देखिएको हो ।
यही फागुन १९ गते निकुञ्जमा बँदेल मृतावस्थामा फेला परेको र काठमाडौँको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखा परेको निकुञ्जले जनाएको छ।

निकुञ्जभित्र सङ्क्रमण देखिएपछि अन्य जनावरमा समेत फैलिनसक्ने जोखिम बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

गत माघमा कञ्चनपुरका बंगुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको थियो भने अहिले निकुञ्ज भित्रै यो रोग देखा परेको छ ।

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सक बताउँछन्।

निकुञ्जभित्र  स्वाइन फिभर देखिएपछि बदेल सखाप हुने चिन्ता निकुञ्ज कार्यालयले गरेको छ ।

अफ्रिकन स्वाइन फिभर सुंगुर, बंगुर र बदेलमा देखिने एक किसिमका संक्रामक रोग हो। अफ्रिकी मुलुकहरुबाट यो एक वर्षअघि नेपालमा भित्रिएको थियो। तर जंगली बदेलमा भने पहिलो पटक संक्रमण देखिएको हो।

अफ्रिकन स्वाइन फिभरको हालसम्म कुनै पनि उपचार वा खोप पत्ता लागिसकेको छैन। यो भाइरस निकै कडा खालको भएका कारण मृत्युदर समेत उच्च छ।

८० देखि सत प्रतिशत नै मृत्युदर रहेका कारण जोखिम बढी देखिन्छ। निकुञ्जभित्रै संक्रमण देखिएकाले जैविक विविधतामै असर पर्न सक्ने बिज्ञहरुले बताएका छन्।

उनीहरुका अनुसार संक्रमणबाट जोगाउन जैविक सुरक्षा (दुरी) मात्रै एउटा उपाय हो। सुंगुर र बंगुरबाटै जंगली बदेलमा पनि सरेको अनुमान गरिएको छ।

ज्वरो आउने, भित्रि अंगहरुमा असर हुने यसको प्रमुख लक्षण हो। यस्ता लक्षण देखिने वितिक्कै घर पालुवा सुंगुर र बंगुरलाई अलग राख्नुपर्ने पशु चिकित्सकहरुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित