मिसन ग्रासरूट कार्यक्रम अन्तर्गत एमाले बेलडाँडीद्वारा जेष्ठ नागरिक र स्ववियु निर्वाचित विद्यार्थीलाई सम्मान

90
VIEWS

बेलडाँडी,
नेकपा (एमाले) ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न अभिमुखीकरण लगायतका गतिविधि सञ्चालन गरेको छ ।

 

निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरमा खटाएको थियो ।

अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्ने क्रममा अाज बेलडाँडी गाउँपालिकामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सम्मान कार्यक्रममा बेलडाँडी पालिकाका जेष्ठ नागरिक जसले कम्युनिस्ट अान्दोलनलाई उचाईमा पुर्याउने जेष्ठ नागरिक,सहिद परिवार, स्ववियु निर्वाचनमा निर्वाचित विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा निवर्तमान उद्योग वाणिज्य मन्त्री दोमोदर भण्डारीले भने एमालेलाई चाैतर्फी घेरावन्दी गर्न खोजेको बताए । देशमा एमाले माथी सडयन्त्र भएपछि सरकारबाट एमाले बाहिर अाएको बताउदै एमाले जनताकाे मन मस्तिष्कमा सधै रहि रहेकाे बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सचिव लेखराज भट्टले भने “एमाले सरकारमा रहेका बेला थुप्रै जनमैत्री काम गरेकाे बताउदै यसलाई बंङ्ग्याएर व्याख्या गरिन लागेको बताए ।”
देश अार्थिक संकटमा पर्न थालेका बेला कसरी यो हुदैछ समाधान खोज्नु भन्दा एमालेलाई कसरी सिध्याउन सकिन्छ भन्ने तनामुना बुन्न लागेको अारोप लगाए ।

नेकपा एमाले बेलडाँडी अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव लेखराज भट्ट, रहेका थिए भने विशिष्ट अतिथि केन्द्रीय सदस्य सहदेब बोगटी, प्रेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

 

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार