महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीज शेयर कम्पनीको कार्यालय संचालनमा

28
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)को कार्यालय संचालनमा आएको छ ।

सोमबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)को कार्यालय संचालनमा आएको हो ।

शेयर बजारका लगानीकर्ताहरुलाई सेवा प्रदानका लागि केन्द्रीय कार्यालय काठमाण्डौँ रहेको उक्त त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)ले पोखरापछि महेन्द्रनगरमा दोस्रो शाखा विस्तार गरेको छ ।

त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी) महेन्द्रनगर शाखाका कार्यकारी अध्यक्ष टंक प्रशाद गौतमले स्तरिय सेवा सुविधा दिईने बताए । शाखा कार्यालय उद्घाटनकै दिन बजारमा जनचेतनामुलक प्रभातफेरीका साथै लगानीकर्ता सचेतना कार्यक्रम गरिएको छ ।

शेयरधनीहरुलाई पुँजी बजार सम्बन्धी ज्ञान अभिबृद्धिका लागि सचेतना गराईको त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)महेन्द्रनगर शाखाका कार्यकारी अध्यक्ष गौतमले बताए ।

कार्यक्तमका प्रमुख अथिति जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्तरिय सेवा सुविधा दिनुपर्नेमा जोडदिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार