भारतीय एसएसबीको ज्यादती रोकिएन कञ्चनपुरका चार नेपालीमाथि निर्धात कुटपिट

कञ्चनपुर :

भारत हाम्रो छिमेकी मुलुक हो, छिमेकीलाई कुनै दुख पर्दा साथ दिनुपर्ने हुन्छ । तर भारतीय एसएसबीले छिमेकीलाई छिमेकी जस्तो नभई दुस्मनकै जस्तो व्यवहार गर्दै आएको छ ।

सीमा क्षेत्रमा नेपालीमाथि कुटपिट, दुव्र्यवहारका घटना अझै रोकेको छैन । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली नागरिकमाथि कुटपिट गरेको छ ।

एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट गरेको हो । उत्तराखण्ड स्थित बनबासा पुलवारी रहेका एसएसबीले गयराती भीमदत्त नगरपालिका १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी, भीमदत्त नगर ५का रतन ठगुराठी र गोबिन्द प्रशाद जैसी(डब्लु) लाई कुटपिट गरेका हुन ।

राती आवत जावत बन्द भएपछि आएको भन्दै चार जना नेपालीलाई अमानविय ढङगबाट कुटपिट गरेका छन । एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन बनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए । ‘

भारतबाट स्वदेश नेपाल आफन्त आउन लागेका थिए, ‘उनले भने, ‘उनीहरुलाई ल्याउन म त्यहाँ जाँदै थिए, एसएसबी क्याम्प भन्दा ३०/४० मिटर वरी नै रोकेर ब्यारेल बन्द भयो, जान पाईदैन भनेर रोक्यो, जाने नै भए उता सापलाई सोधेर आउँभन्यो, म त्यहाँ जाँदै थिए, लाठी र पैनाले कुटपिट गरिदियो ।

’ कार्कीले आफुसंगै रहेका अन्य तीन जना नेपालीलाई समेत कुटपिट गरेको तर, उनीहरुलाई आफुले नचिनेको बताए । ‘मलाई एकाएक आएर पिठ्युमा लाठी र पैना प्रहार गरेर कुटपिट गरिदियो, ‘उनले भने, ‘अन्य दुई जनालाई कुटपिट गरेर घर फकाईदियो ।’

छिमेकी मुलुकका एसएसबीबाट नेपाली नागरिकमाथि निर्घात रुपमा कुटपिट कार्य अमानविय मानव अधिकार उलङघन गर्दै कुटपिट गरेको विषयमा स्थानीयले युवाले एसएसबीको उक्त कार्यको भत्र्सना गरेका छन ।

स्थानीय युवा भुपेन्द्र सिह क्षेत्रीले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बिना कारण नेपाली नागरिकमाथि यसरी मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए । ‘कुटपिट गर्नेमाथि कार्बाही गर्नुपर्छ, ‘उनले भने, ‘यो सरासर छिमेकी मुलुकका एसएसबीले नेपालीमाथि हेपाह प्रवृति हो ।’

घटना लगत्तै स्थानीय सशस्त्र प्रहरीका अधिकारीले समेत एसएसबीसंग जानकारी दिएको र एसएसबीबाट अवउपरान्त यस्ता घटना दोहोरिन नदिन प्रतिबद्धता जाहेर गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले यस विषयमा थप बुझ्ने बताए । ‘यो घटना नेपाली भूमिमा होईन घटेको,‘उनले भने, ‘घटना बारे सरोकारवाला दुवै पक्षसंग बुझेर सहजिकरण गछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित