दैजी बेलडाँडी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा एक बालकको मृत्यु दुईजना घाइते

2k
VIEWS

बेलडाँडी,
दैजी बेलडाँडी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज दिउँसो बेलडाँडी देखि महेन्द्रनगर जाने क्रममा रौलेश्वर माविका शिक्षक टेकराज भट्टको मोटरसाइकल दुर्घटना हुदा मोटराइकलमा सवार बेलडाँडीका ८ बर्षिय बालक इस्बद ठकुरीको महाकाली अस्पताल पुर्याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भने मोटरसाइकलमा अर्का ८ बर्षिय अर्चना जोशी र मोटरसाइकल चालक टेकराज भट्ट गम्भिर घाइते भएको प्रहरीले जाएको छ । घाइते भएका दुबैलाई अहिले धनगढी रेफर गरिएको छ ।
बेलडाँडी रौलेश्व्र विद्यालयबाट घर फकर्ने कर्ममा रौलेश्वरका भट्ट संगै बेलडाँडी चेक पोष्टबाट निस्केका शिक्षक अम्मर शाही सरको मोटरसाइकल पेन्चर भएको र पेन्चर हुदा उनले छोरालाई भट्टको मोटरसाइलमा बसाली दिएका र तपाइहरु हिन्दै गर्नु म विस्तारै आउछु भने पछि अलि अगाडी गएर मोटसाइकल एक्कासी हात्ती गड्डामा गएर दुर्घटना भएको जनाइएको छ । दुर्घटना हुने मो.सा सु प प्र. ०२ ००३ ४६७१ रहेको छ । दुर्घटना बारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार