विद्यार्थी संगठनद्वारा प्रशासनलाई ज्ञापन यातायातमा विद्यार्थीलाई भाडा छुट कार्यान्वयनदेखि शैक्षिक बेथिति रोक्नुपर्ने

27
VIEWS

कञ्चनपुर,
सामुदायिक विद्यालय र बोडिङ्ग स्कुलले चालु शैक्षिक सत्रमा विद्यार्थी भर्नामा नाममा अभिभावकबाट रकम अशुल्नेदेखि चर्को शुल्क लिईरहेको भन्दै कञ्चनपुरका क्रियाशिल विद्यार्थी संगठनले सरकार गुहारेका छन ।

नक्कली शरणार्थी प्रकरण मात्रै होईनकी शिक्षा क्षेत्र कञ्चनपुरमा भईरहेको चरम बेथिति रोक्नुपर्ने माग अघि सारेर जिल्लाका चार विद्यार्थी संगठनल सरकार गुहारेका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले जिल्लामा शैक्षिक क्षेत्रमा चरम बेथिति बढिरहेका बेला चार विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएको बताए ।

क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टका अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सहित नेपाली काँग्रेस निकट नेवि संघ, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र नेकपा विप्लव निकट क्रान्तिकारीले प्रशासनमा संयुक्त ज्ञापन पत्र बुझाएका हुन ।

 

बोडिङ्ग स्कुलले आफु अनुकुल गैर कानुनी रुपमा शुल्क अशुल्ने, पाठ्यपुस्तक परिर्वतन गर्ने, सरकारले निर्धाण गरेको पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पुस्तक लागु नगर्ने गरेको आरोप लगाईएको छ ।

माध्यामिक शिक्षा निःशुल्क भनिएपनि सामुदायिक विद्यालयले शुल्ःक लिईरहेकोप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन ।

सरकारले ईन्धनको भाडा घटाउँदा समेत यातायात व्यवसायीले विद्यार्थीलाई दिने ४५प्रतिशत छुट भाडा समेत कार्यान्वयन नगरेको भन्दै कार्यान्वयको माग अघि सारेका छन । जिल्लामा अवैधानिक कोचिङ्ग सेन्टर, ट्युसन सेन्टर रहेको भन्दै बन्द गर्न माग अघि सारेका छन ।

विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सम्बन्धीत निकायमा बुझ्ने बताएका थिए ।

नेवि संघ सभापति रमेश चटौत, अखिल क्रान्तिकारी संयोजक भुवन सिह विष्ट, अनेरास्ववियू संयोजक प्रज्वल कुँवर र विप्लव क्रान्तिकारी संयोजक अनिल बहादुर घरडीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यार्थी संगठनले शैक्षिक बेथिति बिरुद्धमा उठान गरेका मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार