गङ्गादशहराको अवसरमा लालझाडी र बेलौरीमा मंगलबार सार्वजनिक बिदा

118
VIEWS

बेलडाँडी
कञ्चनपुरको लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाले गङगादशहरा मेलाको अवसरमा मंगलबार १६ गते सार्बजनिक बिदा दिएको छ ।

 

आज लालझाडी गाउँपालिकाका प्रबक्ता आशाराम राना र बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले हस्ताक्षर सहितको पत्रमा आ आफ्ना पालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिदै गङगा दशहरा मेलाको उपलक्ष्यमा शुभकामनाका साथै हर्ष उल्लास गरि मनाउन आग्रह गरेको छन् ।

लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् अमरज्योती युवा क्लबले लालझाडी वडा नम्बर २ मा १५ जेठदेखि १९ सम्म मेला संचालन गर्ने आयोजकले जनाएको छ । यस्तै बेलौरी नगरपालिकाको भकुण्डामा लामो समयदेखि कालेश्वर मन्दिरमा मेला लाग्दै आएको छ ।

गङ्गादशहराको महत्व

जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् ।

गंगा दशहराको पौराणिक कथा

एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडा यज्ञको छाडे । सयौं यज्ञ पूरा भएमासहगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।

सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न सुरु गरे । अन्ततः घोडा कपिल मुनिको आश्रममा चरिरहेको अवस्थामा फेला पर्‍यो । नजिकै महषिर् कपिल समाधिमा लीन थिए । बलको जोशमा सगर पुत्रहरूले होस गुमाए र कपिललाई नै घोडाचोर ठानेर चोर चोर भनेर कराउन तथा उनको अपमान गर्न थाले ।

महषिर् कपिलको समाधि भंग भयो । उनले रोषपूर्वक आँखा उघारेर हेर्दा आगाको मुस्लो निस्कियो र त्यसले सगर राजाका सबै पुत्र तथा अश्वरक्षक सैनिकहरूलाई भष्म तुल्यायो ।

समयमा यज्ञीय घोडा नआइपुगेपछि राजा सगरले नाति अंशुमानलाई यज्ञको घोडा खोज्न पठाए । अंशुमानले कपिल मुनिको आश्रमसम्म पुगेर घोडा फेला पारे । उनले घोडा लिएर आए । सबै वृत्तान्त बुझिसकेपछि सगर आफ्ना पुत्रहरूको मुक्तिका लागि गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यले राज्य नाति अंशुमानलाई सुम्पिएर तपस्या गर्न गए । तपस्याकै क्रममा उनको मृत्यु भयो ।

पछि अंशुमान पनि आफ्ना छोरा भगीरथलाई राज्यभार दिएर गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यका साथ तपस्या गर्न गए । यसमा उनी सफल भएनन् । उनको पनि मृत्यु भयो ।

भगीरथका सन्तान थिएनन् । पितृहरूलाई मुक्ति प्रदान गर्ने उद्देश्यले उनी राज्य मन्त्रीहरूलाई दिएर गर या मरको स्थितिमा तपस्या गर्न गए । उनको तपस्याबाट प्रसन्न भएका ब्रह्माजीले उनलाई गंगा पृथ्वीमा लैजाने वरदान त दिँदै भने, ‘भगीरथ ! गंगालाई पृथ्वीमा त लैजान्छौ नै तर गंगाको वेग थाम्न पृथ्वी समर्थ होलिन् ? यो बुझेका छौं ? गंगाको वेग थाम्ने शक्ति केवल महादेवमा छ, पहिले उनलाई खुसी तुल्याऊ ।’

ब्रह्माको परामर्शपछि भगीरथले महादेवको तपस्या गरेर उनलाई खुसी तुल्याए र महादेवबाट गंगाको वेग थाम्ने आश्वासन पाए ।

गंगा संसारै बगाउँछु भनेझैँ गरी वेगले पृथ्वीमा झरिन् । महादेवले गंगालाई आफ्नो विशाल जटामा थापेर त्यहीँ नै बन्दीजस्तो बनाइदिए । फेरि भगीरथले महादेवको पुकारा गरेपछि महादेवले सातवटा प्वाल पारेर गंगालाई छोडिदिए ।

भगीरथ रथमा अघिअघि गंगा त्यही बाटोमा पछिपछि हुँदै अघि बढ्दै थिए । बाटोमा महर्षि जन्हुको आश्रम पथ्र्यो । गंगाले उनको आश्रम बगाइदिइन् । यसबाट रिसाएका महर्षि जन्हुले योगबलको प्रयोग गरी सम्पूर्ण गंगा पिइदिए । गंगा सुकिन् ।

भगीरथले फेरि महर्षि जन्हुसित प्रार्थना गरे आफ्नो समस्यमा सुनाए । अनि जन्हुले आफ्नो घुँडा चिरेर गंगालाई निकालिदिए । त्यसैकारण गंगालाई जान्हवी पनि भनिन्छ ।

अन्ततः भगीरथले गंगालाई कपिल मुनिको आश्रमसम्म पुर्‍याए । गंगाको जलमा खारानी मिसिएपछि सगर पुत्रहरू सबै मुक्त भए । गंगालाई भगीरथले पृथ्वीमा ल्याएको हुनाले भागिरथी पनि भनिन्छ ।

यसरी भगीरथले अथक प्रयास गरेर ल्याएको गंगा आजसम्म पनि पृथ्वीमा रहेकी छिन् । वातावरण पवित्र पार्दै हिमालयदेखि सागरसम्म अविरल बगिरहेकी गंगाले आजसम्म पृथ्वीमा अनन्त जीवलाई ग’न लगाएकी छिन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार