बैतडीः
बैतडी सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा अनौठो रोग देखा र्पनथालेको छ। प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने र एकाएक बेहोस हुने, रुने, कराउने जस्ता लक्षण समस्या विद्यार्थीमा देखा गर्न थालेपछि अभिभावकहरु चिन्तित भएका छन्।
शुक्रबार बैतडीको पञ्चेश्वर गाउँपालिका–१ को डुग्रिखान माध्यामिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीहरु बेहोस भए। भएपछि सँगै भएका अरु विद्यार्थी पनि बेहोस भएको प्रधानाध्यापक नरेन्द्रसिंह साउँदले बताएका छन । ‘गत वर्षदेखि यस प्रकारको लक्षण विद्यार्थीहरुमा देखा पर्दै आएको छ। एक विद्यार्थीमा देखा परेपछि सँगै रहेका अन्य विद्यार्थीमा पनि यस्तो समस्या देखिने गरेको छ। लहरै विद्यार्थीहरु बेहोस हुने र छटपटाएर अनौठा हर्कत गर्ने जस्ता लक्षण देखार्पने गरेका छन्।’
विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने, मुर्छा पर्ने, चिच्याउने, हाँस्ने, दौड्ने, काँप्ने लगायतका समस्या देखा परेको प्रधानाध्यापक साउँदले बताए। उनका अनुसार आफैँले आफैँलाई दाँतले टोक्ने तथा एक जनालाई भयो भने अरुलाई पनि सँगै हुने गरेपछि नियमित पठनपाठनमा निकौ नै समस्या भइरहेको जनकारी समते गराएका छन । सुरुमा एक जना विरामी हुने त्यसपछि लहरै अन्य विद्यार्थीहरुलाई समेत सर्ने गरेको प्रधानाध्यापकको गुनासो छ।
Discussion about this post