दक्षिण कोरियाको भ्रमण पछि स्वदेश फिर्ता मन्त्री मोदी

1
VIEWS

काठमाडौँ :

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी स्वदेश फर्किएका छन् ।

दक्षिण कोरियाको बुसानमा आयोजित विश्वका मन्त्री स्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गए राति स्वदेश फर्किएका हुन् ।

मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन ।

संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिवलाई नेपाली ढाका टोपी लगाई मन्त्री मोदीले आँखीझ्यालसमेत उपहार दिएका थिए । उनले नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले आयोजना गरेको अन्तर्क्रियालाई समेत सम्बोधन गरेका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार