डडेल्धुरा अजयमेरुका एक बालक केही दिन देखि बेपत्ता , खोजिदिन परिवारको अपिल

30
VIEWS

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका ०५ का एक बालक केही दिन यता देखि बेपत्ता भएका छन् ।

अजयमेरू गाउँपालिका वडा नम्बर ०५ स्थित तल्पखा घर भएका करिब १६ वर्षीय तपेन्द्र सार्की असार २९ गते देखि हराएको परिवार श्रोतले बताएको छ ।

उक्त वडामै रहेको देवल दिव्यपुर माविमा कक्षा ७ मा अध्ययनरत सार्की घरबाट स्कूल जाने भनेर निस्किएका थिए, जो पछि घर नै फर्केनन । “ घर बाट स्कूल जान्छु भएर गएको थियो स्कूलनै नगई कता पो बेपत्ता भयो । खोजीकार्यका जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिब्यपुरमा उजुरी गरेका छौं , पारिवारिक स्रोतले भन्यो ।

बुबा भानी सार्की र आमा मिना सार्कीका छोरा समेत रहेका तपेन्द्र केही दिन यता घर नआएपछि परिवारले खोजिदिनका लागि सबैलाई अपील गरेको छ । उनीहरूले प्रहरी कहा पनि खोजी गरिदिनका लागि उजुरी गरेका छन ।

सामुदायिक विद्यालयको युनिफर्ममै रहेका तपेन्द्रलाई कहीं कतै देखेमा नजिकको प्रहरी चौकीमा अथवा आफूहरुलाई जानकारी गराई दिन परिवारजनले आग्रह गरेका छन ।
भेट्न हुनेले सम्पर्कका लागि :
सम्पर्क नं : ९८६८७५८७२२
वाट्सब न : +९१९०१५२३२९२३

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार