भाष्कर केसी, साउन ४,
अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरको कार्यालय उद्घाटन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरको कार्यालय उद्घाटन गरिएको हो ।
बिहीबार एक कार्यक्रमका विच अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरको आफ्नै भवनमा कार्यालय उद्घाटन गरिएको जनाईएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष हरि प्रशाद शर्माले भीमदत्त नगरपालिका ४ महेन्द्रंनगर स्थित मजदुर संगठनको आफ्नै भवनमा जिल्ला कार्यालय उद्घाटन गरिएको बताए ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष शर्माले मजदुरको हकहितका लागि कार्यालय मार्फत कामकाज सम्पादन हुने छन ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष देवराज भट्टको अध्यक्षतामा नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक खेमराज पाण्डेको प्रमुख आथित्यमा, अखिल नेपाल ट्रेड यूनियन महासंघ सुप प्रदेशका अध्यक्ष भरत न्यौपाने, केन्द्रीय सदस्य पदमराज जोशी, अर्का केन्द्रीय सदस्य कुसुम पहरी सहितका मजदुर नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ कञ्चनपुरका नेता कार्यकर्ताहरुले मजदुरको हक अधिकारका क्षेत्रमा काम गर्नुपर्नेमा जोडदिए ।
Discussion about this post