बैठकमा देश र जनताका मुद्दामा पनि छलफल गरीनु र्पछ रमेश लेखक

12
VIEWS

काठमाडौँ:

 

नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । शुक्रबारको बैठकमा बोल्दै उनले राजनीतिक विषयसँग वर्तमान गठबन्धनको विषय जोडिएर आउने भन्दै गठबन्धनको स्थिरताका लागि केन्द्रीय समितिले दृष्टिकोण बनाउनुपर्ने जनाएका छन ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकारमा छ, संसदमा यो ठूलो उपलब्धि हो,’ उनले भने, ‘सभापतिको नेतृत्वमा गठबन्धन र ठूलो पार्टी बनेको हो । यो गठबन्धन र सरकारलाई कसरी जनतासँग जोड्ने भन्ने दृष्टिकोण बनाउनुपर्छ ।’यस्तै मुलुको आर्थिक अवस्थाबारे बैठकमा छलफल हुनुपर्ने नेता लेखकको भनाइ रहेको थियो ।

 

‘बैंकमा ८ खर्ब रुपैयाँ त्यतिकै बसिरहेका बेला राज्यसँग पैसा छैन भन्दैछौं । हामी त्यसको उपयोग गर्छौँ कसरी उनको प्रश्न छ, ‘धनी र गरिबको फरक बढ्दो छ । भूगोलको झन बढ्दो छ । बागमती र कोशी प्रदेशको कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलना गर्दा ज्यादा फरक देखिएको हो ।सुशासन र स्रोतको उचित परिचालन, रोजगारी सिर्जना, पूर्वाधारमा निजी क्षेत्र मा लगानी बढाउन, सरकारी खर्च, विपन्नको संख्या घटाउन र मूल्यवृद्धि घटाउने सवालमा ठोस ढंगले छलफल गरेर जानुपर्ने लेखकले भनाई छ ।पार्टी देश र जनताका लागि निर्माण गरिने भन्दै देश र जनताको मुद्दामा पनि छलफल हुनुपर्ने लेखकले बताए का छन ।

 

‘त्यसका लागि केही राजनीतिक, आर्थिक र समसामयिक विषयहरु प्रतिवेदनकै रुपमा आए राम्रो हुने उनले बताएका छन । प्रस्ताव नआए पनि निर्णयका ठोस रुपमा आओस् भन्ने निवेदन गर्न चाहान्छु उनले भने ।
केन्द्रीय समिति बैठक पार्टीको आन्तरिक जीवनमा मात्र केन्द्रित भएको भन्दै नागरिकका मुद्दामाथि पनि छलफल हुनुपर्ने उनले जनाएका छन ।‘पार्टीको जीवनमा छलफल हुने कुरा आवश्यक छ । ठीक छ ।

 

तर हाम्रो बैठकले लाइभ गरेपछि संसारभरीका मान्छेले उत्सुक्ताका साथ हेरिरहेका हुन्छन विदेशमा विभिन्न काम गरिरहेका नागरिकले बैठकको छलफलमा म कहाँनिर छु भनेर खोजिराखेको होला लेखकले भने । बैठकमा पेस भएका प्रतिवेदनहरुलाई कार्यान्वयन गर्न सके कांग्रेस निकै रुपान्तरण हुने पनि उनले बताए का छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार