नेपाली कांग्रेसले नीति अधिवेशन नगर्ने भएको छ।
१४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो।
तर पनि नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको हो ।
केन्द्रीय समिति बैठकमा निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत् गर्ने निर्दिष्ट गरिएका कार्य गर्ने गरी २०८० मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने प्रस्ताव केन्द्रीय समितिमा अनुमोदनका लागि पेश गरेका हुन ।
महासमिति बैठक काठमाडौंमा बस्नेछन ।
Discussion about this post