लाल बहादुर एसके/कञ्चनपुर,
नेकपा एमाले बेलडाँडी गाँउ कमिटिले काँग्रेस नेतृत्वको स्थानीय सरकार गर्भदेखि नै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ ।
एमाले बेलडाँडी गाँउ कमिटीले शुक्रबार कालिकिच सहकारी हलमा पत्रकार सम्मेलन गर्दै काँग्रेस नेतृत्वको स्थानीय सरकार गर्भदेखि नै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको हो ।
एमालेका स्थानीय नेताहरुले काँग्रेस नेतृत्वको बेलडाँडी सरकार भ्रष्टाचारमा लिप्त हुँदा जनताले दुख पाउने दावा गरेका छन । काँग्रेस नेतृत्वमा सरकार बनेको बर्षदिनमै चौतर्फि भ्रष्टाचारमा लिप्त भएको एमाले नेताहरुको गम्भिर आरोप छ ।
भिडियो सहित
एमाले नेताहरुले पार्टीले स्थानीय सरकारसंग माग गरेका २२ बुँदे ज्ञापन पत्रका जवाफ समेत नदिएर पन्छिन खोजिएको बताएका छन । एमालेले बेलडाँडी स्थानीय सरकारलाई दर्जनौँ आरोप लगाएका छन । एमाले बेलडाँडी कमिटिले जारी गरेको विज्ञप्तीमा १७ बुँदा अघि सारेर अनियमितता भएको ठोकुवा गरेको छ ।
एमाले विज्ञप्ती अनुसार काँग्रेस नेतृत्वको स्थानीय सरकारलाई विकास निर्माणको बजेट फ्रिजदेखि कार्यकर्ताहरुलाई एक बर्षमा २६ लाख वितरण गरेको आरोप लगाईएको छ ।
एमाले बेलडाँडीले स्थानीय सरकारलाई लगाएका आरोप यस्ता छन ।
राष्ट्रिय भूपिम आयोगको काम अघि बढाउँदा १ र ३वडामा सम्झौता बिनै काम गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको, दुवै वडामा नापजाँच गर्न कन्सल्टेन्सीलाई जिम्मा दिएको तर १ महिनामै ६ लाख खर्च गरेको, जनप्रतिनिधीले दैनिक भत्ता लिई पालिकालाई थप भार पारेको, बैजनाथ माविको खातमा रहेको ३लाखको चेक उपाध्यक्षले लिएर अनियमितता गरेको, चौधर नदीमा पक्की पुलको ठेक्का भएपनि काठेपुल बनाएर ८लाख अनियमितता गरेको, बाहिरको पालिका जनप्रतिनिधीलाई ईन्धन वितरण गरेको, किसान उपभोक्ता वनको जमिनमा कार्यकर्ताहरुलाई जमिन वितरण गरेको, बेलडाँडी खैरिघाट सडक अलपत्र पारेको, छाडा पशु चौपाया व्यवस्थापन गर्न नसकेको, अध्यक्ष र उपाध्यक्षले गैर कानुनी रुपमा भान्से नियुक्त गरेर कार्यालयमै पार्टीका चेम्बर खोलेको, अघिल्लो सरकारले खेलमैदान खोलेपनि त्यसलाई निरन्तरता नदिएको, उपाध्यक्ष नेतृत्वमा जेसिभी तोडफोड गर्दा पनि कुनै कार्बाही नभएको, जमुनाघाडीमा डे«न बनाउन विनियोजित रकम १करोड ८० लाख कामै नगरी फ्रिज हालेको, आसेपासे कार्यकर्ताहरुलाई १ बर्षका २६ लाख खर्च गरेको, करको दर बृद्धि गरेको, ईन्धन वितरण गरेर विनियोत रकम सकेर ३० लाख खर्च गरेर अनियमितता गरेको आरोप लगाईएको छ । एमालेले बेलडाँडी सरकारले गरेको भ्रष्टाचार नरोके शसक्त आन्दोलनको चेतवानी दिएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अथिति समेत रहेका एमाले सुप प्रदेशका सदस्य मोहन गिरीले काँग्रेस नेतृत्वको बेलडाँडी सरकार भ्रष्टाचारकै खाडमा चुर्लुमै डुबेको आरोप लगाए ।
‘यो सरकार नियम, कानुन भन्दा पनि स्वच्छाचारी ढङगबाट अघि बढेको छ, ‘उनले भने, ‘जनताको भावना कुल्चिदै पाटीगत रुपमा अघि बढेको छ ।’
बेलडाँडीको दीगो विकास, चुनावी प्रतिबद्धता बिरुद्ध कमिसन लक्षित योजना र कार्यक्रमले बेलडाँडीमा बेथिति मात्रै बढेको गिरीको आरोप छ ।
‘यो सरकारको ध्यान जनताका विषय भन्दा भ्रमण भत्तादेखि घुमफिर, कमिसन केन्द्रीत देखियो, ‘गिरीले भने, ‘एमालेले सबै हेरिरहेको छ, अधिल्लो एमाले नेतृत्वले जनमुखी काम गरेपनि यो सरकार ठिक उल्टो बाटोमा हिडिरहेको छ ।’ सरकार चरम विभेदकारी भएको गिरीको भनाई छ ।
अधिल्लो एमाले नेतृत्वको स्थानीय सरकारमा २का वडाध्यक्ष एव एमाले बेलडाँडीका उपाध्यक्ष प्रेमसिह खातीले अहिलेको सरकारले आफुहरुले गरेको योजना लत्याउँदै हिडेको दुखेसो पोखे ।
निर्वतमान अध्यक्ष एव एमाले नेता खातीले अहिलेको काँग्रेस सरकारले बसपार्कदेखि थुप्रै योजना अलपत्र छाडेर कमिसनको पछी दौडिरहेको आरोप लगाए । ‘यो सरकार हो, कि कमिसन उठाउने एजेण्ड हो, थाहा छैन, ‘उनले भने, ‘काम भन्दा कमिसनमा लिप्त छ यो सरकार ।’
खातीले भूमि आयोगका कामकाजमा संयोजकले बिना सम्झौता काम खघि बढेको बताएपछि सरकारसग एमाले शसङित भएको बताए ।
अधिल्लो एमाले नेतृत्वको सरकारका पालामा वडा सदस्य एव एमाले बेलडाँडीका युवा शंकर भट्टले वर्तमान काँग्रेस नेतृत्वको सरकार जनबिरोधी काममा लिप्त रहेको बताए ।
‘यो सरकार जनताका जनजिविका भन्दा पनि कमाउन केन्द्रीत देखियो, ‘उनले भने, ‘यत्रो भ्रष्टाचार गर्दा समेत एमाले चुप लागेर बस्न सक्छ ।’
गाँउप्रमुख उप प्रमुखको कार्यकक्षमा काँग्रेसले च्याम्बर राखेको बताए । उनीहरूलाई सोध्दा कुनै पिए नराखेको प्रतिकृयाले सरकारी कार्यालय कार्यकर्ताको आँखडा बनाईएको आरोप लगाए ।
एमाले सरकारले कार्यविधी ऐन नियम अनुरुप जनशक्ति भर्ना गरेपनि अहिलेको सरकार आवश्यकता भन्दा पनि मनपरी ढङगबाट पिएदेखि कर्मचारी भर्नामा लिप्त रहेको छ ।
एमाले बेलडाँडीका अध्यक्ष लक्ष्मण सिह भाटले विगत एमाले नेतृत्वको सरकारका पालामा कुनै भ्रष्टाचार अनियमितता गरेको भए कार्बाही भोक्न तयार हुनुपर्ने बताए । ‘हाम्रो नेतृत्वको सरकारले के के गरेको छ, त्यो सबै अहिलेको सरकारसंग छ, केही गल्ती गरेको भन्दै कार्बाही गर्दा भईगोनी, ‘उनले भने, ‘विगतको सरकालाई देखाएर अहिलेको सरकारलाई बेथिति गर्न छुट छैन ।’
एमाले कुनै नेताले भ्रष्टाचार गरेको भए कार्बाही गर्दा पार्टीले कुनै साथ नदिएको ठोकुवा गरे । एमाले बेलडाँडी सचिव गणेश विष्टले सचालन गरेको कार्यक्रममा एमाले बेलडाँडीका नेता कार्यकर्ता सहभागि भएका थिए ।
Discussion about this post