कञ्चनपुर-कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणिमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ । कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय कुँवेर दाईको शब खाडलभित्र गाडिएको अवस्थामा भेटिएको हो ।
गयराती प्रहरीले बन्डनदीको किनार खाडलमा गाडिएको अवस्थामा दमाईको शव निकालेर स्वास्थ्य परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले खाडलभित्र भेटिएको शव शंकास्पद रहेको बताए ।
‘खाडलभित्र भेटिएको शवको प्रकृति हेर्दा कुहिएको अवस्थामा हामीले भेटाएका छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘शस्कापद नैछ, थप अनुसन्धान अघि बढाएका छौँ ।’
बस्तीनजिकै रहेको खोलामा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन साउदले दमाई एकसातादेखि घर परिवारको सम्र्पकमा नरहेको बताए । ‘उनी भारतमा रोजगारी गर्दै आएका छन, ‘वडाध्यक्ष साउदले भने, ‘घर आउ जाउँ गदै आएका छन, घटना रहस्यमय भएकाले प्रहरीले यसमा गम्भिर भएर अनुसन्धान गर्दै दोषि उपर कार्बाही गर्नुपर्छ ।’ स्थानीयले समेत हत्याको आशंका गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
मृतकको दमाईको घर नजिकै रहेको खोलामा शव भेटिएपछि प्रहरीले समेत आफन्त एव नजिका व्यक्तिमाथि आशंका गरेको छ । उक्त निकृष्ठ कार्य गरिएको भन्दै स्थानीयले दोषि पहिचान गरेर कानुनी कार्बाही गर्नुपर्नेमा सुझाव दिएका छन ।
कृष्णपुरका मेयर हेमराज ओझाले समेत कुँवेर दमाई परिवारलाई न्याय दिनुपर्ने बताए । ‘घटनाको प्रकृति हेर्दा गम्भिर र सकास्पद छ, दोषिमाथि कार्बाही गर्नुपर्छ, ‘मेयर ओझाले भने, ‘घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्नु हुुँदैन ।’ कञ्चनपुर प्रहरीले पनि घटना गम्भिर भएकाले सुक्ष्म अनुसन्धान गरिने जनाएको छ ।
Discussion about this post