नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको औचित्य समाप्त गर्न बिभिन्न ब्यक्ति र शक्तिहरुले चलखेल गर्न थालेको बताएका छन् ।शुक्रबार कैलालीमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो बताएका छन ।
‘हामीले सुरु गरेको पहिचानको आन्दोलन, थरुहटको आन्दोलन जस्ले हिजो असफल बनाउन लागि परे । हाम्रा साथिहरुलाई बिभिन्न आरोपना जेलनेल सहन बाध्य बनाए आज उनीहरुले नै फेरि थरुहट आन्दोलनको औचित्य समाप्त गर्न चलखेल र्गन थालेका छन् ।
रेशम चौधरीलाई र नागरिक उन्मुक्ति पार्टीलाई समाप्त पार्न अनेकौँ हत्कण्डाहरु अपनाउन थालेका हुन् ।
आफुहरु पहिचानको लडाईँमा विगतमा पनि कसैसँग नझुकी नडराई निरन्तर आन्दोलन गरेको स्मरण गराउँदै चौधरीले कार्यकर्तालाई समग्र देशको पहिचान स्थापित गर्दै सबैलाएई चौतर्फी बिकासको अभियानमा जुट्न आव्हान गरे ।‘हिजो थरुहट आन्दोलनको जगमा स्थापित भएको पार्टी हो नागरिक उन्मुक्ति पार्टी, जुन आन्दोलनमा हामीले बन्दुक खायौँ, सत्ता र पहिचान बिरोधीहरुबाट अनेकौँ झुट्टा मुद्दा खेप्यौँ ।
म र हाम्रा साथिहरु कैदीबन्दी बनाइयो तर हामी डराएनौँ । अब पनि कसैले चलखेल गर्दैमा हामीलाई केही हुनेवाला छैन् । सम्पूर्ण साथिहरु ढुक्क भएर पार्टी र संगठन बिस्तार गर्दै देश बिकासको महाअभियानमा जुट्नुहोस्’, उनले भने ।
राजबन्दीहरुको रिहाइका निम्ती पार्टीले प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनीहरुलाई जतिसक्दो छिटो थुनामुक्त गराउने चौधरीले जानकारी दिईएका छन् ।
Discussion about this post