राष्ट्रिय युवा संघ लालझाडीको अध्यक्षमा चाैधरी, भीमदत्तमा विष्ट

कञ्चनपुर, २० साउन । राष्ट्रिय युवा संघ नेपाल लालझाडीको अध्यक्षमा हिकिम चाैधरी र भीमदत्त नगर अध्यक्षमा महेश विष्ट चयन भएका छन ।

 

शनिबार सम्पन्न भएको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल भीमदत्त नगरको पालिका अधिवेशनबाट महेश विष्टको अध्यक्षमा २५ सदस्यीय कमिटि विस्तार गरिएको छ । उपाध्यक्ष ईन्द्र विष्ट, सचिव ईन्द्रसिह धामी, उपसचिव अनिल लुहार,सरस्वती नाथ,कोषाध्यक्ष दिनेश सिह कार्की रहेका छन ।

लालझाडी गाँउ कमिटीको अध्यक्षमा हिकिम चौधरीको अध्यक्षमा २१ सदस्य गाँउ कमिटि विस्तार गरिएको छ । उपाध्यक्ष सन्देश भट्ट, सचिव महेश राना, उपसचिव नविन चौधरी,कोषाध्यक्ष छोटो राना सहित रहेका छन । राष्ट्रिय युवा संघ कञ्चनपुरका संयोजक दिनेश विष्टले लालझाडी र भीमदत्त नगरमा सम्पन्न भएको पालिका भेलाबाट सहमतीय आधामा कमिटि विस्तार गरिएको बताए ।

 

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका सचिव समेत रहेका कञ्चनुरका युवा नेता प्रविन बोगटीले कार्य समिति प्रंस्तुत गर्दै पार्टी र संगठनको नीति,कार्यक्रम अनुरुप युवा पक्षमा काम गर्न निर्देशन दिएका छन ।

लालझाडीमा एमाले नेता एव सुप प्रदेश सभा सदस्य बीर ब. थापा(पातल) र भीमदत्त नगरमा एमाले कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनी रानको प्रमुख आथित्यमा कार्यक्रम भएको युवा नेता अम्मर रानाले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित