बेलौरी-राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामीले आफ्ना सासद तथा प्रतिनिधि सभा सदस्य निशा डागीलाई हुलाकी सडक खण्ड निर्माणमा भारतीय पक्षले गरेको अवरोध र बेलौरी छोटी भन्सार क्षेत्रमा अनुगमन तथा स्थलगत अवलोकन गराएका छन् ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता धामी लगायत स्थानीय नेताहरुले यहाँका कुरा सांसदमा उठाइ तुरुन्त समाधान गराउन स्थलगत अनुगमन गराएका हुन् । नेताहरुले कुनै चासो नदिएका कारण यो सडक अलपत्र बन्दै गएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरुले चिन्ता व्यक्त गर्दै यथाशिघ्र समाधानका लागि संसदमा जोडदार माग गर्न आग्रह समेत गरेका छन् ।
हुलाकी सडक अन्तर्गत भारतीय सिमा सुरक्षा बलले आफ्नो भुमी पर्ने भन्दै कालोपुल देखि ३८ नम्बर पिल्लरको करिब १२ सय मिटर जमिनमा सडक बनाउन र विद्युत लाईन विस्तार गर्न समेत अवरोध गरेको छ । सो क्षेत्रको निरीक्षणको क्रममा बेलौरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिषराम रानाले यो विवादित समस्या समाधानका लागि आवश्यक पहल गरिदिनका लागि प्रतिनिधि सभा सदस्य डागीलाई अनुरोध गरेका छन् ।
यस्तै प्रतिनिधि सभा सदस्य डागीले हुलाकी सडक र बेलौरी छोटी भन्सारका बारेमा सम्बन्धित निकायमा गएर समस्या समाधानका लागि आवश्यक पहल गर्ने र प्रतिनिधि सभाको बैठकमा यस विषयमा आफुले सदन समक्ष जानकारी गराउने समेत बताउनु भयो । निरीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
Discussion about this post