यात्रु खुकुरीको धार जस्तो जोखिमपूर्ण सडकमा यात्रा गर्दा समेत चिन्ता छैन बेलडाँडी अनुगमन समितिलाई

बेलडाँडी। बेलडाँडी गाउँपालिका भित्रको बैवाह देखि भुडा जोड्ने सडक खण्ड मर्मत नहुदा यात्रा गर्ने यात्रुका लागि खुकुरीको धारमा हिडे सरह जोखिम यात्रा गर्दा समेत अनुगमन समितिकी संयोजक शान्ति नाथको ध्यान त्यता पुगेको छैन् ।

झिलमिला, गाैडी, बैवाह,ईमलिया लगायतका स्थानीयले धनगढी,बेलाैरी जानका लागि प्रयोग गर्ने उक्त सडक वर्षौदेखि मर्मत नहुँदा त्यहाका यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

चुनावका बेला यस्ता सडक त पिच गरिदिन्छाैं, आधा घण्टामै यहाँका जनतालाई धनगढी पुग्ने सडक बनाई दिन्छौं, बेलडाँडीका जनताले भोग्नु परेका समस्या हामीलाई थाहा छ, भन्दै भोट माग्दै सत्तामा पुगेकाहरूको ध्यान ती ज्यान जोखिममा राखेर यात्रा गर्ने यात्रु कहाँ नपुगि दिदा स्थानीयमा निराशा पैदा भएको छ ।

उसो त अनुगमन समितिले आफ्ना पालिका भित्रका योजना, समस्या पहिचान गरि प्रतिवेदन सहित टिप्पणी उठाएर पालिकामा पेस गर्ने दायित्व समितिको हुन्छ त्यसो कुनैपनि प्रतिवेदन नउठाई दिदा, त्यहाका जनताले यस्तो समस्या भोग्नु परेको हो ।

कृषि प्रयोगमा समेत त्यो सडक किसानले प्रयोग गर्दा महाकाली सुगर मिल मातहतको उखु हकहित संरक्षण समितिले हरेक वर्ष उखु मिल सञ्चालनमा आउनुभन्दा अगाडि खाल्डा पुर्ने गरेको छ । तर मिल बन्द भएपछि खाल्डा कसैले नपुर्दा समस्या हुने गरेको छ।

महाकाली सिचाइको सर्भिस रोड समेत रहेको सो सडक सिचाइ कार्यालयलाई पनि सुधारका लागि बजेट नभएका कारण मर्मत गर्न नसकिएको महाकाली सिचाइ जल उपभोक्ता संघका केन्द्रीय अध्यक्ष भीम बहादुर थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार सिचाइले खासगरि पानी हेर्ने हो सडक बनाउने, मर्मत गर्ने कार्य त अन्य निकाय समेत रहेको बताए ।

नहर सडक लगायत अन्य ठाउँमा खाल्डाखुल्डी पुर्ने निर्णय कार्यपालिकाको बैठकले गरिसकेको हुँदा १/२ दिनमै ग्राभेल हालिने अनुगमन समितिकी संयोजक समेत रहेकी बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित