कञ्चनपुर, २४ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्तम गरिएको छ । बुधबार नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्तम गरिएको हो ।
गत आर्थिक बर्ष ०७९/०८०मा सम्पन्न भएका योजनाहरुको पालिकाले एक कार्यक्रमका विच जनता सहितका सरोकारवालासंग सार्वजनिक सुनुवाई गरेको छ । शुक्लाफाँटा मिडिया प्रालिको प्राविधिक सहयोगमा पालिकाले सार्वजनिक सुनुवाई गरेर गत बर्षमा गरेका योजना बारे सार्वजनिक गरेको छ ।
कार्यक्तममा गत आर्थिक बर्ष ०७९÷०८०मा सम्पन्न भएका योजनाको शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले कार्यपत्र प्रस्तुत गर्दै सबै योजनाको ८५.३६प्रतिशत प्रगति भएको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले गत आर्थिक बर्षमा विभिन्न शिर्षक तर्फ कुल ७० करोड, ९५ लाख, १३ हजार बजेट मध्ये ५७ करोड, ७३ लाख, ५८ हजार बराबरको खर्च भएर विभिन्न योजना सम्पन्न गरिएको बताए ।
उनका अनुसार पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, एकीकृत फोहोरमैला केन्द्र संचार, छाडा पशु चौपाया व्यवस्थापन, पशुविकास, भूमिहिन, वन वातावरण, सुशासन, उर्जादेखि मानविय विकास तर्फका योजना सम्पन्न भएका छन ।
स्वागत मन्तव्य राख्दै उपप्रमुख कल्पना पन्तले विगतमा गरिएका योजना सार्वजनिक गरिएको बताईन । उनले पालिकाले सम्पन्न गरेका योजनामा जनता सन्तोष रहेको बताईन ।
कार्यक्रममा शुक्लाफाँटा नगरका प्रमुख रण बहादुर महराले उपलब्ध स्रोत साधनले भ्याएसम्म नगरको सम्बृद्धि तर्फ कामकाज अघि बढीरहेको बताए । मेयर महराले नगरका सानादेखि गौरबका योजना सम्पन्न गरिएको बताए । कार्यक्रममा स्थानीयले पालिकाले आगामी दिनमा थप दिगो विकास निर्माणका कामकाज अघि बढाउनुपर्नेमा सुझाव दिएका छन ।
शुक्लाफाँटा मिडिया प्रालिका संचालकद्वय अशोक पाण्डेय र विष्णूदत्त अवस्थीले सहजिकरण गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।
Discussion about this post