कैलालीमा बाढीले बगायर एक जनाको मृत्यु

कैलाली:

 

कैलालीमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।

बाढीले बगायर मृत्यु हुनेमा गोदावरी नगरपालिका–९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई छन्। भट्टराई बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका थिए। दाउरा निकाल्न गएका बेला उनलाई खोलामा आएको बाढीले बगाएको हो ।

बाढीले बगायर बेपत्ता भएका भट्टराई बिहीबार मृत अवस्थामा फेला परेका छन्। उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित