कलुवापुर बजारको डुवान समस्या हट्यो, आनशिक अतिक्रमण पनि हटाईदै

25
VIEWS

कञ्चनपुर, साउन २५ । कञ्चनपुरको मध्य भूगोलमा रहेको कलुवापुर बजारमा रहेको डुवान समस्या समाधान गरिएको छ । भने सडकको क्षेत्राधिकारमा रहेको अतिक्रमिकत सार्वजनिक जमिन खाली गराउने काम शुरु गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजारमा रहेको डुवान समस्यालाई नाला खोलेर निकास गरिएको छ, भने अतिक्रमित जमिन पनि खाली गराउने काम शुरु गरिएको छ ।
शुक्लाफाँटा नगरका प्रमुख रण बहादुर महरा, १ का वडाध्यक्ष उत्तरदेव भट्ट, ८का वडाध्यक्ष बहादुर सिह महरा, ९का वडाध्यक्ष रमेश ऐर सहितको जनप्रतिनिधी कर्मचारीको टोलीले जाम लागेको ढल खोलेर पानीको निकास गरेसंगै डुवान समस्या समाधान गरिएको छ ।

शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले मेयर महरा नेतृत्वमा गएको टोलीले ढल निकास गरेर डुवान समस्या समाधान गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले डोजर मार्फत ढल खोलेर डुवानमा रहेको बजारको समस्या समाधान गरिएको बताए ।

‘नगरपालिकाले डुवान समस्या समधानका साथै सार्वजनिक जमिन अतिक्रमण गरेर राखिएको खोकाछाप्रा सहित केही संरचना हटाईएको छ, ‘उनले भने, ‘फेरी पालिकाले अन्तिम पटकका लागि तीन दिने म्याद दिएको छ, उक्त समयमा सम्बन्धीत संरचना धनीले आफुले निर्माण गरेरको संरचना नहटाए पालिका कानुन कार्यान्वयन तहमा जान्छ ।’

ढल निकासदेखि अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन मेयर महरा आफै डोजर लगेर फिल्डमा खटिएपछि स्थानीयले सुशासनको आशा पलाएको अनुभव व्यक्त गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार