गर्भपतनको औषधी सेवनले महिलाको मृत्युपछि कैलाली प्रहरी कार्यालय घेराउ

4
VIEWS

कैलाली:

 

धनगढीमा गर्भपतनको औषधी खाएर एक महिलाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएपछि आफन्तजनले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

प्रहरीका अनुसार उनी बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले सञ्चालक विरुद्ध जाहेरी दर्ता भएको जानकारी गराय । एक जनालाई बिहिबार नै नियन्त्रणमा लिएको बताउँदै प्रहरी उपरीक्षक पालले फरार रहेका अर्का एक जनाको पनि खोजी भइरहेको जानकारी दिएईएका छन्

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार