बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा युवा व्यवसायी धामी चयन

539
VIEWS

बेलडाँडी, ३० साउन । बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा युवा ब्यवसायी तेज सिंह धामी चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका संस्थापक सभापति दिपक चौहान केहि दिन पहिला पारिवारिक कारणले विदेश पलायन भए पछि रित्त रहेको सभापति पदमा धामीलाई चयन गरिएको हो ।

पार्टीका प्रदेश इन्चार्ज ज्ञानेन्द्र महताको प्रमुख आतिथ्यमा आज मंगलवार धामीलाई पालिका सभापतिको जिम्मेवारी दिदै वडा नं.२ को अध्यावधिक समेत गरेको युवा नेता तथा इन्जिनियर केशव जोशीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार कार्यक्रममा पार्टीका जिम्मेवार नेता जिल्ला सभापति पदम बिष्ट, सह संयोजक भागरति बडाल, प्रदेश सदस्य चादनी ऐर, निर्वाचन क्षेत्र नं.१ सदस्य भुपेन्द्र नगारी, आनन्द सुवेदी, वडा सभापति तिर्थ राज बोहरा, गोर्कण जोशी, भोजराज पाण्डे लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार