क्रान्तिकारीको सुप विश्वविद्यालयमा एकता भेला सुप विश्वविद्यालयमा हुने बेथिति बिरुद्धमा क्रान्तिकारी शसक्त हुनुपर्नेमा जोड

20
VIEWS

कञ्चनपुर, साउन ३१ । क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको एकता भेला सम्पन्न भएको छ ।

बुधबार अखिल क्रान्तिकारी सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरको हलमा एकता भेला सम्पन्न भएको हो । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले जिल्ला एकता भेलापछि सुप विश्वविद्यालयमा एकता भेला सम्पन्न गरिएको बताए ।

 

क्रान्तिकारी प्रदेशका इन्चार्ज धानुकले भेलामा पार्टी र संगठनका नेताहरुले सुप विश्वविद्यालयमा हुने हरेकखाले बेथिति बिरुद्धमा क्रान्तिकारी शसक्त हुनुपर्नेमा जोडदिए ।

एकता भेलाका प्रमुख अतिथि क्रान्तिकारी पाटीका केन्द्रीय सदस्य राम बहादुर महरा(चिन्तक), अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय तथा सुप प्रदेश इन्चार्ज सुरेन्द्र धानुक, क्रान्तिकारी प्रदेशका अध्यक्ष पुष्कर जोशी सहितका पाटी र क्रान्तिकारी नेताहरुले शिक्षा क्षेत्र सहित सुप विश्वविद्यालयमा चरम बेतिथि भएकाले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्नुपर्नेमा जोडदिए ।

एकता भेलाले प्रकास भट्टको संयोजकत्वमा अखिल क्रान्तिकारी सुप विश्वविद्यालय कमिटि विस्तार गरिएको छ । सह संयोजक रविन्दस पन्त, सदस्यहरुमा निर्मलमनि जोशी, दलराम ठकुल्ला, देबेन्द्र कलौनी, प्रकाश साउद, बिपना झा, बिपिन पन्त, सम्झना अबस्थी, कृष्ण महता, भुवन भट्ट, उमेश प्रशाद भट्ट , विकास बुढा रहेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार