दोधाराचाँदनीका कुखुरापालन किसान आन्दोलित

68
VIEWS

पप्पु गुरुङ्/कञ्चनपुर, ३२ साउन । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका कुखुरा पालक किसान आन्दोलित भएका छन । स्थानीय सरकारले कुखुरा पालक किसानमाथि करको भार थापेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

बिहीबार दोधाराचाँदनी कुखुरा पालक समितिको आयोजनामा नगरपालिका मुल गेटमा बिरोध प्रर्दशन गरेका छन । दोधाराचाँदनी कुखुरा पालक समितिका अध्यक्ष तामाङ्ग सिह गुरुङ्गले पालिका सरकारले स्थानीय कुखुरा पालन किसानलाई सहुलिय दिनुको साटो उल्टै करमाथि थुपारेर मार पारेपछि त्यसको बिरोधमा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । माग पुरा नहुँदासम्म आन्दोलन जारी राखिने उनले बताए ।

दोधाराचाँदनीका स्थानीय किसान एव अगुवा भरत दत्त भट्टले स्थानीय सरकारल किसानलाई सेवा सुविधा दिनुको साटो कर टाउकोमा थुपारेर मारमा पारेपछि बाध्य भएर किसान आन्दोलित भएको बताए । उनले किसानको माग अनुरुप पालिकाले अघि बढ्नुपर्ने सुझाव दिए ।

अर्का किसान गोबिन्द भट्टले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । बिहीबारै पालिकाले किसानसंग कर नलिने सहमती गरेपनि कार्यान्वयन नगरेपछि आन्दोलन गर्ने चेतावनी दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार