अबको राजनीति युवापुस्ताको काँधमा आउदै डा आरजु राणा देउवा

कैलाली :

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अबको राजनीति युवा पुस्तको काँधमा आउन लागेकोले संगठन बलियो बनाउन तर्फ लाग्नुपर्ने बताएकी छन् । केन्द्रीय सदस्इ देउवाले अहिले सबै तिर युवाहरुले अग्रपंतीमा आएकाले अबको राजनीतिक भविश्य युवाहरुको नै रहेको पनि बताईन् ।

नेविसंघ कैलालीको अयोजनामा धनगढीमा भएको रक्तदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सो कुरा जानकारी गराएकी हुन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ देउवालले देश विकास गर्न नेपाली कांग्रेसको महत्वपुर्ण भूमिका रहेको बताउदै नेतृ देउवाले “युवाहरुले साकारात्मक सोचका साथ आगडी बढ्नु पर्छ, सामाजिक संजालमा नेताहरुलाई गाली गरेर मात्र केही परिवर्तन हुने वाला छैन्।”

नेपाल बिद्यार्थी संघ कांग्रेस राजनितिको नर्सरी भएकोले साकारात्ममा बिचरभावका साथ अगाडी बढ्न नेपाल बिद्यार्थी संघलाई नेतृ देउवाले आग्रह गरेकी छिन् ।अहिले संबिधान भित्र रहेका ब्यबस्थाहरु समेत पटक–पटक खतरामा परीरहेको बताउदै नेता देउवाले यसको रक्षा कांग्रेसले मात्र गर्न सक्ने समेत दाबी समेत गरेकी छिन् ।

 

संबिधानमा भएका व्यवस्थामा पटक–पटक धरापमा पर्ने गरेकोले संबिधानको रक्षा नेपाली कांग्रेसले मात्र संरक्षण गर्न सकेको स्मरण समेत गराएकी छिन् । पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्याताको संस्थागत गर्न गठबन्धनको सरकार क्रियाशिल रहेको देउवाले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित