भोलि फेरि सर्वदलीय बैठक बस्दै संसद बैठक बस्दै नबसी मंगलबार सम्म का लागी स्थगित

5
VIEWS

प्रतिनिधि सभा बैठक फेरि स्थगित भएको छ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो।

अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालय स्रोतले बताएको छ।

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्वदलीय बैठक गरेका थिए।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आजको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि

‘भोलि फेरी ४ बजे बस्ने गरी बैठक सकिएको छ,’ बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने,‘आज सबै विषयमा बृहत छलफल भयो। तर कुनै निष्कर्षमा पुगिएन।’

विमानस्थलबाहिर बरामद भएको ६० किलो बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार