दोधाराका वडाध्यक्ष खत्रीले संचालन गरेको ‘रमा बचाऊ अभियान’ मा संकलित ५ लाख रकम हस्तान्तर

पप्पु गुरुङ्ग/कञ्चनपुर, ४ भाद्र । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले थालेको ‘रमा देबी बचाउ अभियान’ मा संकलित रकम हस्तान्तरण गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले संचालन गरेका रमा देबी भण्डारीको उपचार खर्च संकलन अभियानमा संकलित रकम हस्तान्तरण गरिएको रमा देबी भण्डारीका श्रीमान डम्मर सिंह भण्डारीले जानकारी दिएका छन् ।

रमा देबि भण्डारी झण्डै २ वर्ष देखि मुटुको समस्याबाट ग्रसित छन् । आर्थिक अवस्था दैनिय रहेको रमाको उपचारको लागी वडाध्यक्ष केशव खत्रीले बृहतरुपमा ‘रमा देबी बचाउ अभियान’ संचालन गरि रकम संकलन गरेका हुन् । ‘भण्डारी बचाउ अभियान’ संचालन गरेर रमा देबीको उपचारको लागी रु ५ लाख ३९ हजार ३ सय ९ रुपिँया संकलन भएको वडाध्यक्ष खत्रीले जानकारी दिएका छन् ।

देश, बिदेशमा रहेका नेपाली दाजुभाईहरुले ‘भण्डारी बचाउ अभियान’ मा सघाएको उनले बताएका छन् । हिजो अबेर साँझ संचालन गरिएको अभियानमा संकलित रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष केशव खत्री, नेपाली सेनाका पुर्व क्याप्टेन हर्क बहादुर थापा, नेपाली काग्रेंसका नेता महेन्द्र सिंह बिष्ट, कुशाल सिंह साँउद, कृष्ण सिंह साँउद ९टस्सी०, खेल प्रेमी रमेश चन्द, स्थानिय समाजसेवी देबेन्द्र सिंह भण्डारी लगाएत स्थानिय तथा रमाका परिवारजनको उपस्थिती रहेको थियो ।

आर्थिक अवस्था निकै दैनिय रहेका रमा देवी भण्डारी भारत लगाएत बिभिन्न शहरमा रहेका अस्पतालमा उपचार गरेका हुन् । उपचार गर्ने रकम नभएको हुदा भण्डारी अहिले घरमै छन् । मुटुको समस्याकै कारण उनको आधा शरिर प्यारालाईसिस भएको छ् । केही दिन अघि मात्रै वडाध्यक्ष खत्रीले रमा देबी भण्डारीको घरमा पुगेर आफुले ब्यक्तीगतरुपमा रु ५ हजार नगद रकम उपचार खर्च दिएर संचालन गरेको ‘भण्डारी बचाउ अभियान’ ले देश, बिदेशमा रहेको नेपालीहरुले सघाएपछि अभियानले मुर्तरुप लिएको हो ।

आर्थिक अभावको कारण घरमा बिरामी भएर बसेका रमाको उपचार खर्चको वडाध्यक्ष खत्रीको अभयिानले जोहो गरिदिएपछि रमाको घरपरिवार खुशी भएका छन् । मानवताको नाताले देश, बिदेशमा रहेका नेपालीहरुले सघाएको भन्दै रमाका श्रीमान डम्मर सिंह भण्डारीले ह्दय देखि धन्यबाद दिएका छन् ।

अभियानलाई सार्थकता दिन सहयोग गर्ने बिशेषता वडाध्यक्ष केशव खत्रीलाई उनले धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा बसोबास गर्ने गरिब, बिपन्नलाई सहयोग गर्दै आएका वडाध्यक्ष खत्रीको अतुलनिय कार्यको स्थानियहरुले खुलेरै प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित