चिनीमिलको क्यामिकलले पुनर्वासका किसानका सयौँ विगाह धानखेती स्वाँहा

229
VIEWS

बेलडाँडी ६ भाद्र । कञ्चनपुरको पुनर्वासमा रहेको चिनीमिलबाट निस्कने क्यामिकलका कारण पुनर्वास क्षेत्रको सयौँ विगाह जमिनमा रहेको धानखेती नष्ट भएको छ ।

 

पुनर्वास नगरपालिका २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिको लार्पबाीहका कारण किसानले लगाएको धान खेती सखाप भएको छ ।

 

उद्योगको लार्पबाहीले पुनर्वास नगरपालिका २, ५, ६ र ७ क्षेत्रका स्थानीय किसानको सिमरीखोला वारीपारी नजिक रहेको खेतको धानखेती नष्ट भएपछि स्थानीय किसान चिन्तित बनेका छन । स्थानीय किसानले उद्योगको लार्पबाहीले गत असारमा लगाए र असोजमा फल्ने धानको जरैदेखि सखाप भएको बताएका छन । दैनिक जिवन चलाउने धानखेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि नघरकै नघाटकै भएका छन् ।

 

चिनीमिलले केमिकलयुक्त फोहोरोपानी पहिले देखिनै सिमरी नालामा बगाईदिएपछि धानखेती पूर्ण नष्ट भएको स्थानीयले बताएका छन । ‘चिनिमिलले आफ्नो उद्योगबाट निस्किने फोहोरपानी अब्यवस्थित तरिकाले नालामा बगाईदिएपछि सो पानीले यस्तो समस्या आएको उनीहरु बताउछन् । ‘धान खेतीका साथै मानिसलाई छाला सम्बन्धीत रोग लागिरहेको छ ।’

 

‘हरेक बर्ष चिनीमिलले उद्योगबाट निस्किएको फोहोरपानी उतिकै छाडिदिन्छ, ‘यसले अन्नबालीदेखि खेतकै उर्बराशक्तिमा ह्रास ल्याईरहेको छ ।’ यस भन्दा पहिला पनि यस खोलामा रहेका माछा भ्यागुता मर्नुका साथै घरपालुवा जनावर समेत उक्त नालाको पानी पिउदा विरामी पर्ने गरेका थिए । ‘यस बारेमा पटक पटक स्थानीय सरकारलाई जानकारी गराउँदा पनि समस्याको कुनै सुनुवाई भएको छैन् ।’

 

पुनर्वास नगरपालिका ७ का वडाध्यक्ष मुलचन्द्र रानाले उद्योगकै लार्पबाहीले किसान मारमा परेको बताए । ‘पटक पटक गैर कानुनी रुपमा उद्योगको फोहोरपानी नालामा नबगाउन हामीले आग्रह गछौँ, मान्दै मान्दैन, ‘वडाध्यक्ष रानाले भने, ‘अब पालिकाले कानुनी रुपमै एक्सनमा जानुपर्छ ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार