बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुदै

बैतडी ;

बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग सेवा केन्द्र पाटन बैतडीको आयोजनामा यही भदौ ९ गतेदेखि तीनदिने राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुन हुनगईरहेको छ ।

विरेन्द्र मावि शाहीलेकमा बिहान ८ बजेदेखि शुरु हुने प्रशिक्षण कार्यक्रम भदौ ११ गते सम्म सञ्चालन हुने ब्रह्माकुमारी की बिमला बोहराले जानकारी गराईन् । राजयोगद्वारा शान्त मन आनन्दमय स्वस्थ जीवनका लागि सकारात्मक परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।

कार्यक्रममा मोटीभेशनल कोच रमण भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।भने यस्तै कार्यक्रममा राजयोग प्रशिक्षिका ब्रह्माकुमारी हिरा दिदिको समेत सहभागिता रहने बताइएको छ । तीनदिन सम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागी भइ लाभ लिन समेत सबैलाई आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित