प्रधानमन्त्री प्रचण्डको घोषणा गौरापर्वलाई राष्ट्रिय पर्व मनाउने घोषणा

16
VIEWS

कञ्चनपुर, ९ भदौँ । सुदूरपश्चिम प्रदेशका मनाईने गौरा पर्व संघीय राजधानी काठमाण्डौँको टुडिखेलमा समेत रौनक छाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सहित सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखक, एमाले नेता दामोदर भण्डारी लगायतसँगै प्रधानमन्त्री प्रचण्ड पनि देउडा खेलेका थिए ।

सुदूरपश्चिम र कर्णालीको पहाडी र कर्णालीमा मनाइने गौरापर्व पछिल्ला वर्षहरूमा काठमाडौंमा पनि मनाइन्छ । सुदूरपश्चिम र कर्णालीबाट आएर काठमाडौंमा बसेकाहरूले गौरापर्वका दिन टुँडिखेलमा देउडा गाउने र नाच्ने गर्छन ।

यसपालि पनि मनाए । बिहीबार टुँडिखेलमा गौरा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगे । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, कांग्रेस नेता रमेश लेखक, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँगै प्रचण्डले पनि देउडा गाउँदै नाचे ।

गौराका अवसरमा गोलबद्ध भई लोकभाकामा देउडा, धमारी र चैतका माध्यमबाट एक–अर्कामा दुःख, सुख बाँड्ने गरिन्छ ।

सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा उमा महेश्वरसहित दुबोको पूजा गरेर तीन दिनसम्म गौरा मनाइन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्णाष्टमीमा मनाइने गौरालाई अँध्यारी भनिन्छ । शक्ति र प्रकृतिका रूपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’लाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गरेर गौरा मनाउने प्रचलन छ ।

गौरापर्व मनाउँदा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास जनमानसमा छ । प्रधानमन्त्री प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनेदेखि विदा दिने घोषणा गरेका छन । प्रधानमन्त्री प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्व मनाएर थप नेपालको लोक संस्कृति धर्मको सरक्षणका काममा सरकार अग्रसर हुने बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार