बेलाैरी ९ मा सर्पको टोकाईबाट एक वृद्धा महिलाको मृत्यु

बेलडाँडी/भाद्र १० । कञ्चनपुरको बेलाैरीमा सर्पको टोकाईका कारण एक वृद्धाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बेलाैरी नगरपालिका–९ निवासी ९२ वर्षीय अनिफुल राना रहेका छन् । उहाँलाई आज दिउँसो घरमै खटियामा पल्टेका बेला विषालु सर्पले डसेको छिमेकीले बताएका छन् ।

छिमेकीका अनुसार खटियामा पल्टिएका बेला हातको ओलामा मुसाले टोके जसरी टोकेको हुदा सर्पले हो भन्ने विश्वास नरहेकाले अस्पताल ढिला पुर्याउदा अस्पतालमै मृत्यु भएको जनाए ।

बेलडाँडी स्वास्थ्य केन्द्रका डक्टर रबी रोकायाका अनुसार सर्पले टोक्दा अस्पताल लग्नु पर्छ भन्ने अझै आम नागरिकमा चेतना नभएका कारण बिरामीको ज्यान जाने गरेको बताए ।

उनका अनुसार समयमै यहाँ पुर्याएको भए ज्यान जोगाउन सकिने वहाँले जनाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित