आफुलाई इन्डियन हिरो सिंघम सम्झने प्रहरी निरीक्षक बिष्ट फेरि विवादित

559
VIEWS

महेन्द्रनगर, ११ भाद्र । भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटना र प्रहरीको भुमिकाका विषयले अहिले देशव्यापी चर्चा पाएको छ ।

विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै भाद्र ३ गते विद्यालय तनावग्रस्त बनेको थियो । तनाव बढेर स्थानीय प्रहरी चौकीले सम्हाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर सिताराम बिष्टको नेतृत्वमा प्रहरी टोली पठायो ।

 

आफुलाई इन्डियन फिल्मको सिंघम हिरो सम्झिने बिष्टले कार्यकक्षमैं गएर लेखापाल जोशीलाई हतकडी लगाइ लछार्दै आक्रोसित भिडभएको बाटो हुदै विद्यालयभन्दा २ सय मिटर टाढा राखिएको प्रहरी भ्यानसम्म जोशीलाई लछार्दै हिँडाउदै लगियो, बीचैमा आक्रोशित भीडले जोशीमाथि आक्रमण शुरु ग¥यो, तर आफुलाई सिंघम सम्झिने प्रहरी निरीक्षक बिष्ट र उनको टोली मूकदर्शक बन्यो, मरणासन्न हुने गरी जोशी कुटिए तर सिंगम र उनको टोलीले आफ्नो जिम्मेवारीमा ध्यान दिन सकेनन् ।

दोषीमाथी छानविन भइ कार्वाही हुनुपर्ने आम नागरिकको धारण छ । दोषीमाथी छानविन भई कार्वाही हुनुपर्ने मागसहित एक हप्ताभन्दा लामो समय देखि शिद्धनाथ माध्यामिक विद्यालय बन्द छ । हिजो आइतबारबाट कञ्चनपुरका शिक्षकहरु अनिश्चितकालिन शिक्षण संस्था बन्दको कार्यक्रमका साथ सडकमा ओर्लिएका छन् ।

यस अघि गत जेठ २ गते भीमदत्त नगरपालिका–५ सुकासालमा पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए । त्यति बेला उनलाई सचेत गराइएको थियो । डोटी सरुवा भइसकेका बिष्टले अफुलाई खुबै होसियार सम्झिदै कञ्चनपुरमा दोस्रो पटक कम्जोरी गरेको आम नागरिकको बुझाइ छ । सरुवाको रमाना मात्रै लिन बाँकी रहेकै बेला उनी फेरि विवादमा तानिएका छन् । उनलाई कार्वाहीको माग राख्दै आज जिल्ला भरिका शैक्षिक संस्था बन्द रहेका छन् ।

इन्स्पेक्टर बिष्टमाथि कार्वाहीको माग उठे पनि अहिलेसम्म प्रशासनले केही गरेको छैन । ‘कार्वाही नगरे त आन्दोलन फिर्ता नै हुँदैन’ नेपाल शिक्षक संघका एक पदाधिकारीले भने, ‘प्रहरीकै मिलेमतोमा जोशी मरणासन्न कुटिएको प्रष्ट छ ।’ भीमदत्त नगरपालिका–३ नौलाखेतका स्थानिय समेत रहेका बिष्ट आफ्नै गृहनगरमा पटक–पटक विवादमा आएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार