सिद्धनाथ मावि शिक्षक कुटपिट प्रकरण : मंगलबारपनि कञ्चनपुरका विद्यालय बन्द

132
VIEWS

कञ्चनपुर, ११ भदौँ । यौनजन्य दुव्र्यवहारको आरोपमा कञ्चनपुर भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिट प्रकरणलाई लिएर शिक्षक आन्दोलित भएका छन ।

विभिन्न शिक्षक टे«ड यूनियन संघ संगठनमा आबद्ध नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले सोमबारदेखि) जिल्लाभरीका सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलित भएका हुन । प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबार बिहानैदेखि शिक्षकले बजारमा बिरोध प्रर्दशनका साथै प्रशासनमा धर्ना दिएका छन ।

जिल्लाभरीबाट सयौँको संख्यामा सदरमुकाम महेन्द्रनगर आएका शिक्षकले विद्यालय बन्द गरेर यूनिफममै आन्दोलन गरिरहेका छन । साँझैसम्म प्रशासन मुल गेटमा धर्ना दिएर थप आन्दोलनका कार्यक्तम गर्ने चेतावनी दिएका छन । प्रशासनले वार्ताका लागि लिखित दिन नमानेपछि वार्ता नभएको शिक्षक संघ संगठनले बताएका छन ।

शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द बहादुर ढाँटले प्रहरी प्रशासनबाट वार्ताका लागि वातावरण नबनाएपछि बाध्य भएर भोलीपनि आन्दोलनमा उत्रिने निर्णय गरिएको बताए ।

जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरासंग भएको छलफल समेत बिना निष्कर्षमा पुगेको छ । उनका अनुसार शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरिय छानबिन समिति गठन गर्नुपर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने, घाईते शिक्षक जोशीको उपचार राज्यले गर्नुपर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सिताराम विष्ट सहितका प्रहरीमाथि कार्बाहीको माग अघि सारेर आन्दोलनमा उत्रिएको बताए ।

नेपाल शिक्षक संघका नेता नविन सिह धामीले सम्बन्धीत पक्षको गैर जिम्मेबारीपनकै कारण शुरुवातीदेखि हालसम्म आन्दोलन जारी राखिएको बताए । शिक्षकमाथि अपराधी भन्दा पनि निकृष्ठ व्यवहार भएको प्रहरीकै घेराभित्र रहेका शिक्षक कुटपिट हुनु कानुनी राज्यको उपहास भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता उत्तम विष्टले माग पुरा नहुँदासम्म आन्दोलन जारी राखिने बताए । शिक्षक संघ संगठनको नियमित आन्दोलनका कारण लाखौँ विद्यार्थी पठन पाठनबाट बञ्चित भएकाले आन्दोलनको स्वरुप परिर्वतन गर्न अभिभावकले आग्रह गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार