बेलडाँडी/ भाद्र ११ । बेलडाँडी एनएमबि बैंकका शाखा प्रमुख चेतन जोशीको बेलडाँडी देखि दैजी शाखामा सरुवा भएपछि बेलडाँडीका स्थानीय वासिन्दाले आज एक विदाई कार्यक्रमको आयोजना गर्दै बाजागाजा सहित विदाई गरेका छन् ।
एनएमबि बैंक बेलडाँडी शाखा कार्यालय प्रमुखको जिम्मेवारी कुसलतापुर्वक सम्हालेको भन्दै जोशीको स्थानीयले सोमवार धुमधाम बाजागाजाका साथ विदाई गरेका हुन् । शाखा प्रमुख जोशी झण्डै ५ बर्ष सम्म बेलडाँडीमा बस्दा इमान्दारिता, बफादारिता, सबैसंग मिलनसार, शान्तस्वभाव र अधिकांसलाई बैंकिङ कारोबारमा ल्याउन कुशल नेतृत्वकोसंज्ञा दिदै स्थानीयले बाजागाजा सहित आधाबाटो सम्म पुर्याएका हुन ।
आइतवार बैंकले एक कार्यक्रमका बीच शाखा प्रमुख जोशीको विदाई र नयाँ प्रमुख राजेन्द्र सिंह कार्कीको स्वागत कार्यक्रम सम्पन्न गरेको थियो । शाखा कार्यालय बेलडाँडीमा विगत साढे ४ वर्ष देखि कार्यरत शाखा प्रमुख चेतन जोशी दैजी शाखा कार्यालय प्रमुख भई सरुवा र बेलौरी शाखा कार्यालयबाट बेलडाँडी शाखा प्रमुख भई राजेन्द्र सिंह कार्की आउनु भएकोले स्वागत तथा विदाई गरिएको थियो ।
विदाई भएर जान लाग्नु जोशी र सरुवा भई आउनु भएका कार्कीलाई फुलमाला र टिका लगाई मायाको चिनो प्रदान गरी स्वागत तथा विदाई गरिएको थियो । जोशी कञ्चन बैंक छदा देखि शाखा प्रमुखमै कार्यरत थिए ।
विदाई कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले शाखा प्रमुख जोशीको खुलेरै प्रशंसा गरेका थिए भने आउने शाखा प्रमुख कार्कीलाई कार्यसफलताको कामना गरेका थिए । सो अवसरमा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, चवन्नी वजारका व्यापारी, उद्योगी, समाजसेवी, बुद्धिजीविहरुले स्वागत तथा विदाई गरेका थिए । यतिले मात्र स्थानीयको चित्त नबुझ्दा आज सोमवार बाजागाजा सहित उनलाई आधाबाटो सम्म पुर्याउने कार्यक्रम समेत गरेका थिए ।
प्रमुख जोशीले बेलडाँडीबाट विदाई हुदा गहभरी आँशु पार्दै भने “बेलडाँडी शाखामा मेरो बसाईलाई फलदायी बनाउनुहुने सबै शुभचिन्तकहरूलाई धन्यवाद । बेलडाँडी शाखामा यो मेरो उत्कृष्ट अनुभव हो र मेरो टोली र ग्राहकको माया, हेरचाह र समर्थनलाई स्वीकार गर्दछु । सबैलाई मिस गर्नेछु । अर्को यात्रा दैजी शाखा.. बेलडाँडीमा स्मरणीय बसाइ र जनताले गरेको विदाई अझ यादगार बनेको छ, बेलडाँडी जनताको मायाको ऋणी रहनेछु । स्वागत छ राजेन्द्र सिंह कार्की सरलाई यो सुन्दर ठाउँ बेलडाँडीमा भन्दै विदा भएका थिए ।”
स्थानीयका अनुसार जोशी सरले आफ्नो चार बर्षे कार्यकालमा बैंकले आफ्नो व्यवसायमा उल्लेख्य बृद्धि, डिजिटल बैंकिङ लगायत थुप्रै काम गर्नुका साथै सबैका मिलनसार, आर्थिक रुपमा बेलडाँडीलाई माथी उकास्नका लागि महत्वपुर्ण भूमिका रहेको जिकिर गरे ।
Discussion about this post