सशस्त्र प्रहरीलाई खोज उद्दार तालिम

41
VIEWS

कञ्चनपुर, १२ भदौँ । सीमावर्ती कञ्चनपुरको दोधाराचाँदनीका सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तालिम दिईएको छ । शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले दोधाराचाँदनीका सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तालिम दिईएको हो ।

शैलेश्वरी गण मातहत रहेको बोर्डरआउट पोष्ट सुन्दरनगर सहित आसपासका बिओपीमा कार्यरत सशस्त्र प्रहरीलाई नदीमा वेपत्ता भएका मानिस तथा बस्तुको खोज तथा उद्दारका लागि विपद् व्यवस्थापन तालिम लिईएको जनाईएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले वाढी, नदीमा फसेका मानिस तथा भौतिक समाग्रीको उद्दारका लागि सशस्त्र प्रहरीलाई तालिम लिईएको बताए । ईलेक्ट्रिोनिक मोटर तथा रबरपोटबाट नदीमा हराएका मानिस तथा बस्तुको खोजउद्दार कसरी गर्ने भन्ने विषयमा दुई दिने तालिम लिईएको उनले बताए ।

जगबुढा नदीमा १५ जना सशस्त्र प्रहरीलाई मोटर तथा रबरबोट संचालन गरेर उद्दार कार्य बारे तालिम लिईएको छ । बिओपी सुन्दरनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र बम मुख्य प्रशिक्षक रहेका थिए । बरिष्ठ हवल्दार धन बहादुर बोहरा र हवल्दार रुद्र खत्री सहायक प्रशिक्षक रहेका थिए ।

महाकाली र जगबुढा सहितका ठुला तथा साना खोला नदी विप्दको उच्च जोखिममा रहेको सीमावर्ती दोधाराचाँदनीमा विप्द व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको जनशक्ति थपिदै गएपछि उद्दार कार्यमा सहजता हुनेछ ।

विपद् उद्दारका क्षेत्रमा लामो अनुभव भएका सशस्त्र प्रहरी निरीक्षक बम नै उक्त क्षेत्रमा जिम्मेबारीमा भएपछि स्थानीय समेत जोखिम आईहालेपनि जनशक्ति रहेको भन्दै आशावादी रहेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार