भीमदत्त थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचारकाे मुद्दा दायर

264
VIEWS

महेन्द्रनगर । महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भीमदत्त नगरपालिकाका थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदारलाई छुट दिई सरकारकाे राजस्वमा हानी पुर्याएकाे आरोपमा मुद्दा खेपीरहेका सहित थप दुई कर्मचारी माथि पनि अख्तियारले मुद्दा दायर गरेको हाे ।

आर्थिक वर्ष ०७६/०७७ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनलाई लाभ पुग्ने गरि न्यूनतम कबोल अंक घटाएर आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भएको हो । यसरी कबोल अंकमा छुट दिँदा नगरपालिकाको १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैंया राजस्व गुमेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

अख्तियारले तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टसहित १० जनाका नाममा विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हाे । जसमा साेहि प्रकृतिकाे मुद्दा खेपिरहेका रहेकाे बाहेक थप दुई कर्मचारीमाथि पनि आरोपपत्र दायर भएको छ । मुद्दा दायर हुनेमा लेखा अधिकृत विक्रम भण्डारी र नायब सुब्बा नरेन्द्र देव भट्ट रहेका छन् । उनिहरुले राजस्व छुटका लागि गठित कार्यदलमा बसेर राेयल्टि छुट दिन मिल्ने भनी सिफारिस गरेका अख्तियारले जनाएको छ ।

तत्कालीन नगर प्रमुख विष्ट र नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा वडा नं. १७ का अध्यक्ष हिमाल बहादुर चन्द तथा सदस्यहरु इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृत बिक्रम भण्डारी, गोविन्द उपाध्याय, नायब सुब्बा नरेन्द्र देव भट्टका नाममा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । चन्दको कार्यदलले कोरोना संक्रमण काल गरिएको लकडाउनकाे समयमा ८३ दिनको रोयल्टी छुट दिन सकिने प्रतिवेदन पेस गरेको थियो ।

यसैगरी महाकालीबाट निर्माण सामग्री उत्खननको ठेक्का पाएको निर्माण कम्पनी भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट र आधिकारिक प्रतिनिधि दिवाकर भट्ट तथा इश्वरी भट्टका नाममा मुद्दा दर्ता भएको छ । महाकालीको रोयल्टी शुल्क उठाउने ठेक्कामा २ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ चुहावट भएको देखिँदा चारै जनाविरुद्ध सोही रकम बिगोसहित सजाय मागदाबी गरिएको छ ।

निर्माण क्मपनीका प्रतिनिधि ईश्वरी भट्टको मृत्यु भइसकेका कारण उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो असुलउपरको मागदाबी गरिएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनलाई लाभ पुग्ने गरि न्यूनतम कबोल अंक घटाएर आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भई विशेष अदालत विचाराधीन अवस्थामा छ ।

जसमा राेयल्टीकाे कबोल अंकमा छुट दिँदा नगरपालिकाको ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैंया राजस्व गुमेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार