शिक्षक महासंघ र प्रशासनविच पाँच बुँदे सहमतीपछि आन्दोलन फिर्ता

कञ्चनपुर, १२ भदौँ। छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिटको बिरोधमा तीनदिनदेखि आन्दोलनमा उत्रिएका शिक्षक संघ संगठन र प्रशासनविच सहमती भएको छ ।

 

मंगलबार प्रशासन र शिक्षक महासंघ पदाधिकारीसंग दुई चरणमा भएको वार्तामा पाँच बुदे सहमती भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले शिक्षक संघ संगठनका पदाधिकारीसंग पाँच बुँदे सहमती गरेको हो ।

नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका कावा संयोजक एव एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँटले शिक्षक महासंघबाट उठान गरिएका माग प्रहरी प्रशासन पक्षबाट सहमत जनाएपछि आन्दोलन तत्तकालका लागि फिर्ता भएको बताए । शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका कावा संयोजक ढाँटले पाँच बुँदे सहमती भएपछि आन्दोलन फिर्ता भएको बताए ।

उनका अनुसार शिक्षक जोशीलाई कुटपिट गर्ने मध्ये पक्राउ पर्न बाँकी रहेका २ जनालाई पक्राउ गरी कार्बाही अघि बढाउने, घाईते शिक्षक जोशीको उपचारका लागि भीमदत्त नगरपालिकाबाट ५० हजार र अन्य पालिका, गृहमन्त्रालयबाट अनुरोध गर्ने, विद्यालयमा सुरक्षा प्रबन्ध गर्ने क्रममा भएको कमिकमजोरी समेतमा अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रशासनबाट समिति गठन भएको सन्दर्भमा शिक्षक महासंघलाई समेत आवश्यक सुचना उपलब्ध गराउने, विद्यालय र सुरक्षा निकायविचको सुचना नेटवर्क बनाउने, शिक्षक महासंघको अगुवाईमा शिक्षकका विभिन्न संघ संघ संगठनबाट भईरहेको बिरोधका कार्यक्तम आजैका मितिबाट फिर्ता लिने सहमती भएको छ ।

उनले सहमती भएका बुँदा अक्षेरस पालना नगरे पुन आन्दोलनको चेतावनी दिए । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले सबै शिक्षक संघ संगठन, प्याब्सन, एनप्याब्सन सहितको सरोकारवालाको दवावमा प्रशासनले घाईते शिक्षकको उपचारदेखि संलग्नमाथि कार्बाही गर्ने लिखित सहमती गरेपछि आन्दोलन फिर्ता भएको बताए ।

शिक्षक महासंघले भीमदत्त नगरपालिका सहित कञ्चनपुरमा तीनदिनदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । आन्दोलन फिर्तासंगै बुधबारदेखि कञ्चनपुरका विद्यालयमा नियमित पठन पाठन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित