कञ्चनपुर, भदौँ १५ । कञ्चनपुरका एक अग्रज पत्रकार र शिक्षाविद सहित समाजिक अगुवा एव निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले जिल्लाका अग्रज पत्रकार लक्ष्मीदत्त जोशी र शिक्षाविद डा.करबिर सिह खत्रीलाई सम्मान गरेको हो ।
पत्रकार जोशीलाई जिल्लाको पत्रकारिता क्षेत्रको विकास र शिक्षाविद डा. खत्रीलाई सुप क्षेत्रको शिक्षाको स्तर बृद्धिमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको जनाईएको छ ।
०४६साल महाकाली साप्ताहित पत्रिका, राष्ट्रिय समाचार हुँदै दशकौँ पत्रकारिता गर्दैै आएका लक्ष्मीदत्त जोशी र सिद्धनाथ विज्ञान क्याम्पस, रेडियन्ट उच्च माविमा प्राचार्यको भूमिका निर्वाह गरेका डा. करबिर सिह खत्रीको भूमिकालाई उच्च कदर गर्दै सम्मान गरिएको छ ।
उनीहरु सहित समाजिक अगुवा लोक विक्रम थापा, निर्माण व्यवसायी प्रकास बोगटी, प्रेमसिह भण्डारी, धनीदत्त अवस्थी, मान बहादुर चन्द, मनिराम रावत, दशरथ जोृशीलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई जिल्लाको निर्माण क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाईएको छ ।
कञ्चनपुर निर्माण व्यवसायी सघका अध्यक्ष निरन्जन प्रशाद भट्टले अलग अलग विद्यामा कञ्चपुरको विकासमा योगदान पु¥याए बाफत प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको बताए ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको अध्यक्षतामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाको प्रमुख आथित्यमा भईरहेको साधारण सभामा निर्माण व्यवसायीले सरकारसंग थुप्रै माग अघि सारेका छन । निर्माण क्षेत्रलाई थप मार्यादितदेखि भुक्तानीको विषय अघि सारेका छन ।
Discussion about this post