प्रदेश सदस्य बिष्टको प्रमुख आतिथ्यमा हिजो देखि बेलडाँडीमा कृष्णलिला शुरू

234
VIEWS

बेलडाँडी, १७ भाद्र । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा हिजो सनिवार देखि कृष्णलिला शुरू भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.३ मा रहेको राधाकृष्ण भुँइया मन्दिरमा कृष्णलिला लागेको हो । हिजो बिहान कलश यात्रा निकाल्दै श्री राधाकृष्ण धार्मिक ज्ञान यज्ञ कृष्णलिला कार्यक्रम शुरू गरिएको स्थानीय युवा समाजसेवी जयराम दहितले जानकारी गराउनु भयो ।

उहाँका अनुसार समाजमा मौलाउन थालेको बिक्रिति, कुसंस्कार, अमानविताको अन्त्य गर्नका लागि यस्तो कार्यक्रम गर्न थालिएको बताए ।

प्रदेश सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यमा शुरू गरिको कार्यक्रम २२ गते विधिवत तवरबाट समापन गरिने छ । धर्म संस्कृतिको संरक्षण, प्रबर्द्धनमा आफुले गर्न सकिने सहयोग गर्ने प्रदेश सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिवान सिंह बिष्टको भनाई रहेको थियो ।

नेपाली भाषाका प्रखर कथा वाचक पुज्य श्री अच्युत शरण महाराज ज्यू (धिताल) बाट प्रवचन दिइन थालेको छ ।
कार्यक्रमको तालिका यस्तो रहेको छ-
१. विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म पुजापाठ पाठपारायण शालिग्राम परिक्रमा । २. दिउँसो १ बजेबाट साँझ ४ बजे सम्म कार्यक्रम प्रबचन तथा कृष्णालिला झाँकी सहित कलाकारहरुद्धारा भजन क्रितन । ३. साँझ ७ः३० बजेबाट राती १०ः३० बजे सम्म विभिन्न भाषाभाषिका भजन क्रितन तथा कृष्णलिला झाकी सहित । कर्यक्रमा गौदान, पितृदान, बाह्रमण भोजन एक दिनको रु २५ सय सहयोग गर्न पाइने । प्रसाद वितरण एक दिनको लागि रु २१ सय सहयोग गर्न पाइने समेत जनाइएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार