डेङ्गुरोग का कारण दार्चुलामा एक जनाको मृत्यु

दार्चुला:

जिललाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु स्थित राष्ट्रिय माविमा कक्षा ९ मा अध्ययनरत १४ बर्ष कि जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा हल्द्वानीमा मृत्यु भएको छ । बिद्यालयका प्रधानाध्यापक राजेशसिह सामन्तले जानकारी दिएका छन् ।

समान्य ज्वरो आएपछि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुला लगेपछि डेङ्गु देखा परेको थियो । उपचार गरेपछि घर फर्केर बढी ज्वरो आएपछि थप उपचारका लागि उनलाई भारतको हल्द्वानी रिफर गरिएको थियो । उपचार गरीरहेकै बेला

भाद्र १६ गते अस्पत्तालमै उनको मृत्यु भएको हो ।मृतआत्माको चिरशान्तिको कामना गर्दै राष्ट्रिय मावि दत्तूले आज एक दिन शोक बिदा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित