समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

44
VIEWS

कञ्चनपुर, १७ भदैँ । नेकपा एकीकृत समाजवादी पाटी सहित समाजवादीको भातृ संघ संगठनहरुले सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको गम्भिर बृटीको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

आतइबार समाजवादी कञ्चनपुरका नेता, कार्यकर्ता एव विद्यार्थी युवा भातृ संघ संगठनहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको गम्भिर बृटीको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका हुन ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले आफ्नो गम्भिर गल्ती लुकाउने गरी पाटी निकट विद्यार्थी संघ संगठन एव नेताहरुको बेईजती गर्ने फसाउन खोजिएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रृटी छानबिनको माग अघि सारेर प्रहरी प्रशासनमा ज्ञापन पत्र बुझाएको बताए ।

समाजवादीका सचिव धामीका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पनि बुझाएर १५ भदौँको घटना भन्दा पनि परीक्षा जस्तो अति सम्वेदनशिल विषयमा गम्भिर लार्पबाही गैर कानुनी काम भएको भन्दै ध्यानाकर्षण गराईको छ । ज्ञापन पत्रमा परीक्षा नियन्त्रण कार्यालयको लार्पबाही रोक्ने उदेश्यले तालाबन्दी गरेको जनाएको छ ।

तालाबन्दी गर्ने पक्षको अनुस्थिति बिनै आर्थिक लाभका भरमा बाह्य विद्यार्थीलाई ताला खोलेको जनाउँदै, वार्ताका लागि कुनै औपचारिक निर्णय नभएको परीक्षा मर्यादा विपरित काम भएको, अघिल्लो बष ०७र्९कै प्रशनपत्र हुबहु कपी गरेर बुझाएको, स्नातक तह छैठौँ माईक्रो, म्याक्रो सोसोलोजीकल प्रोसपेक्टीभ प्रशन पत्र बनाउनेमाथि कार्बाहीको साटो गल्ती गर्नेमाथि छानबिनको माग अघि सारेर कार्बाहीको आवाज उठिरहेका बेला परीक्षा नियन्त्रक सहितका जिम्मेबार पदाधिकारीले ताला तोडेको जनाउँदै, १५ भदौमा पनिकाको पदाधिकारको प्रत्यक्ष संलग्नतामा ताला तोडेको विषयमा बुझ्न जाँदा ताला तोड्ने मेरो अधिकार हो ? म कार्यालय प्रमुख हुँ, विश्वविद्यालय तिमिहरुको बाउको हो ? भन्ने जस्ता गैर जिम्मेबारीयुक्त धारणा राखेर धम्क्याएको विषय आपत्ति रहेको दावि गरिएको छ ।

आफैले गुण्डाहरु प्रयोग गरेर तोडफोड गर्न लगाएर विद्यार्थी नेताहरुलाई फसाउने प्रपञ्च रचिएको भन्दै कार्बाहीको माग अघि सारेको छ । यसैविच अनेरास्ववियू कञ्चनपुरले समेत परीक्षा नियन्त्रक देवसिह नाथले विद्यार्थीमाथि उल्टै गालीगलैच गरेको जनाईएको छ ।

अनेरास्ववियूले जिल्ला इन्चार्ज रमेश पन्त र सदस्य तोयराज जोशी लगायतका विद्यार्थी नेतालाई झुटा मुद्दा लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । विगतमा पनि तालाबन्दी गर्ने पक्षलाई बोलाएर मात्रै ताला खोल्ने चलन भएकाले यस पटक परीक्षा नियन्त्रकबाट दुर्मत लिने काम गरेको जनाईएको छ । समाजवादीका संयोजक आरती लामाले अनेरास्ववियूका माग यथावत रहेको जनाउँदै आन्दोलनको चेतावनी दिईएको छ । समाजवादीले मुलुक अपराध संहिता ०७४ को दफा ३०५ को उपदफा(३) बमोजिम कार्बाहीको माग गरेको छ ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका नेता गणेश सिह धामीले विगतमा पनि विभिन्न विद्यार्थी संघ संगठन र पक्षबाट महिनौँ, बषौँ तालाबन्दी हुँदा सम्बन्धीत पक्षलाई वार्तामा बोलाएर खोल्ने कार्य भएपनि यस पटक समाजवादीमाथि एमाले कोटाबाट परीक्षा नियन्त्रक भएका देवसिह नाथले राजनीति गरेको आरोप लगाएका छन ।

‘आफु पाटीको कोटा, भागबण्डामा परीक्षा नियन्त्रक हुने, बन्ने अनि अरु पार्टी र विद्यार्थी संघ संगठनलाई राजनीतिक गर्न हुन्न, भाग माग्न हुन्न भन्न मिल्छ ?, ‘पुर्व एमाले नेता समेत रहेका समाजवादी कञ्चनपुरका पाखा नेता धामीले भने, ‘यस पटक परीक्षा नियन्त्रण कार्यालयबाट प्रशन पत्र बनाउनेदेखि समाजवादी विद्यार्थीको ताला तोड्ने विषयमा दादागिरी भएको छ ।’

ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले शान्ति सुरक्षाको विषय आफ्नो क्षेत्राधिकार भएकाले त्यसतर्फ हेर्न सकिने र प्रशन पत्रको विषयमा स्वयत्त संस्था भएकाले विश्वविद्यालय आफैले यसमा हेर्नुपर्ने बताए ।

१८ साउनमा समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला १०भदौँमा उनीहरुको सहमती, वार्ता बिनै तोडिएपछि आक्र्रोसित अनेरास्ववियूका नेताहरुले १५भदौँमा परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेपछि विश्वविद्यालयमा प्रशन पत्रको विषयमा नागरिकले चासो दिईरहेका छन ।

परीक्षा नियन्त्रक देवसिह नाथले छापामारशैलीमा कार्यालय प्रवेस गरेका अनेरास्ववियूका नेता कार्यकर्ताहरुले हाम्रो संगठनले लगाएकोताला किन ? तोडिएको भन्दै तोडफोड गरेर गएको बताएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार