बेलडाँडी, १७ भाद्र । बेलडाँडी गाउँपालिका वडा नं. २ कार्यालय र समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रको साझेदारीमा साताब्यापी वडा सरसफाई अभियान आज आइतवार देखि शुरु भएको छ ।
“हाम्रो अभियान राम्रो अभियान” को नारा सहित वडा कार्यालय र कञ्चन सामुदायिक विकास केन्द्रको साझेदारीमा आफ्नो टोल सुन्दर र स्वस्थ टोल आफै बनाउनका लागि टोल वासीहरुको सहभागिता साप्ताहिक टोल सरसफई अभियान कार्यक्रम आज वडाको गौडी टोल सफाई गर्दै शुरु गरिएको बेलडाँडी वडा नं. २ का अध्यक्ष नारद सिंह उर्यालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार पहिलो चरणमा आ–आफ्नो टोलमा भएका सडक वरपरका झाडहरु हटाउने तथा सड़क क्षेत्र मिचेर बार लगाएकाहरुको बार हटाउने सडक क्षेत्रमा गाई गोरु बाधेको भेटिएमा हटाउनेबाट अभियान शुरु गरिएको बताए ।
वडामा फोहरका कारण विभिन्न रोगको संक्रमण फैलिन सक्ने भन्दै वडा सरसफाई अभियान थालिएको कञ्चन सामुदायिक विकास केन्द्रकी व्यवस्थापक गिता रानाक्षेत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार यति बेला डेङ्गुको समेत संक्रमण फैलिन थालेकाले सरसफाईले यस्ता संक्रमण फैलिनमा न्युनिकरण हुने बताउनु भयो ।
डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थानहरु नष्ट गर्ने, मानिसको बसोबास क्षेत्रमा अनावश्यक रुपमा पानी जम्न नदिने, सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने तथा लामखुट्टेको टोकाइबाट बच्न पर्छ । सफाई कार्यक्रममा वडाका जनप्रतिनिधी समुदायमा आधारित समूहहरु, स्थानीयवासीन्दाहरुको सहभागिता रहेको थियो ।
साताव्यापीर कार्यक्रमको रुपरेखा यस्तो छ-
२०८०/०५/१७ गते विहान १० बजे गौडी टोल, १८ गते विहान १० बजे ढकनिया टोल, १९ गते विहान १० बजे चवन्नी खल्ला टोल, २० गते विहान १० बजे रौलेश्वर टोल, २१ गते विहान १० बजे सिंहपाल टोल र २२ गते विहान १० बजे नवजागर टोलमा सफाई गरिने तालिका रहको छ । सफाई कार्यक्रममा सम्वन्धित टोलबासीलाई समेत सरिक हुन वडा कार्यालयले अनुरोध गरेको छ ।
Discussion about this post