‘कञ्चनपुर, १७ । नेकपा माओवादी केन्द्रले शनिबारदेखि देशभर एकसाथ ‘जनतासंग माओवादी विशेष अभियान’ संचालन गरेको छ ।
देशैभरीका सबै वडाहरुमा एकसाथ शुरु भएको सुदूरपश्चितममा समेत संचालन भएको छ । पालिका र वडामा जिम्मेबारी पाएका नेता कार्यकर्ता फिल्डमा खटिएका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले कैलालीको कैलारी गाँउपालिका इन्चार्जको जिम्मेबारी पाएका छन । सोही अनुरुप केन्द्रीय सदस्य लम्सालले आ–आफ्नो पालिकामा केन्द्रीय कार्यक्रम अनुरुप अभियान उद्घाटन गरिएको बताए ।
‘केन्द्रबाट पाटी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ज्यूले अभियानको उद्घाटन गरेका छन, ‘उनले भने, ‘सबै केन्द्रीय, प्रदेश, जिल्ला पालिका स्तरका नेता कार्यकर्ता आ–आफ्नो तोकिएको स्थानमा खटिएका छन ।’
केन्द्रीय सदस्य लम्सालले अभियान उद्घाटन भएसंगै कैलाली गाँउपालिकामा युद्धस्तरमा अभियान अघि बढेको बताए । उनले शुरुवाती चरणमा आन्तरिक संगठन सृदृढिकरण गर्दै पार्टी नेता कार्यकर्ताहरुलाई राजनैतिक, वैचारिक स्कुलिङ्ग गर्दै फिल्डमा खटाईने बताए ।
उनले यस विचमा भातृ संघ संगठनका भेला सम्मेलन गर्दै नेतृत्व प्रदान गर्ने, सदस्यता नविकरण गर्दै संगठन विस्तारपनि संगसंगै गर्ने बताए । कैलाली गाँउपालिकामा मात्रै झण्डै ६ हजार बढि सदस्यता बनाउने लक्ष्य रहेको बताए ।
‘यो अभियान विगतका अभियान जस्तो होईन, ‘यस पटक पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वमा केन्द्रमा सरकार छ, सरकारले सुशासन, सम्बृद्धि र विकासका पक्षमा गरेका कामकाज सिधै जनतामा लग्छौँ, ‘उनले भने, ‘यस पटक जनतामाँझमै रहेर जनताका कुरा सुन्ने, उनीहरुकै सुझाव लिने, सल्लाह अनुरुप पाटी र सरकारलाई योजना ल्याउन प्रतिवेदन बुझाउँछौँ ।’
जनताको घरदैलोमा पुगेर लिखित तथा मौखिक सुझाव संकलन गरेर त्यही अनुरुप पाटी र सरकारलाई लिएर जनताको चाहना अनुरुप योजना ल्याउन दवाव दिने बताए । ‘गाँउमा उत्पन्न भएका समस्या त्यही वा समबन्धीत पक्षसंग बसेर समाधान गछौँ, ‘उनले भने, ‘जनताका समस्या बुझ्दै अघि बढने पाटीको संकल्प छ ।’
जनताबाटै केही नयाँ विषय सिकेर पार्टीको दैनिक जिवनमा समेत लागु गरिने बताए । पार्टीले नौँलो अभियान ल्याएसंगै नेता कार्यकर्ता उत्साहित भएर फिल्डमा खटिएको उनको भनाई छ ।
Discussion about this post