गौंरा पर्वको अवसरमा बेलडाँडीमा १ दिन र बेलौरीमा २ दिन स्थानीय विदा

65
VIEWS

बेलडाँडी, भाद्र १९ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौंराको अवसरमा बेलडाँडी गाउँपालिकाले १ दिन र बेलौरी नगरपालिकाले २ दिन स्थानीय विदा दिएको छ ।

 

आज मंगलवार पालिकाहरुले एक शुभकामना सन्देश एवम् स्थानीय विदा सम्वन्धि सूचना जारी गरेको हो ।

पालिकाहरुले गौरा पर्वको अवसरमा सम्पूर्ण पालिकावासी आमाबुबा, दिदिबहिनी तथा दाजुभाईमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै धार्मिक एवं ऐतिहासिक धरोहरका रुपमा रहेका यस्ता लोकपर्व तथा चाडपर्वले मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पुर्याउने विश्वाश लिएको छ ।

साथै पालिकाको पालिका स्तरीय निर्णयानुसार गौरा पर्वको अवसरमा मिति २०८०।५।२१ बेलडाँडीले र २१ र २२ गते बेलौरी नगरपालिकाले स्थानीय बिदा दिईएको छ ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार