यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले कञ्चनपुरमा मनायो तिज विशेष शुभकामना आदानप्रदान 

124
VIEWS

बिकाश सिंह महता/ भाद्र ३०

 जिल्लाको महेन्द्रनगरमा सहयात्रा नेपालले तिज विशेष कार्यक्रम मनाएको छ।जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित होटेल ओपेरामा सहयात्रा नेपालले नेपाली दिदिबहिनीहरुको महान चाड हरितालिका रूपमा मनाईने समानता र समाबेशी सहित योनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय विशेष हरितालिका तिज विशेष मिलन दर खाने कार्यक्रम २०८० को आयोजना गरेको सहयात्रा नेपालका अध्यक्ष राजु लामा बताउनु भयो।

 

तिज विशेष कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय र अन्य विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थितिमा तिज विशेष एक कार्यक्रम बिच शुभकामना आदानप्रदान सहित दर समेत खाने कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताए।

 

उक्त तिज विशेष कार्यक्रममा डान्स प्रतिस्पर्धा समेत राखेको थियो। जसमा प्रथम निमा चौधरी , दोस्रो आरती सुनार र तेस्रो स्थान अनिल सुनार भएको थियो। उनिहरु लाई उपहार दिएको थियो।भने छनोटका लागि निर्णायक मण्डलमा धनबहादुर चौधरी , आशिका चौधरी र तारा बि.क रहनु भएको थियो।

 

 कार्यक्रममा निमन्त्रणा लाई सहजै ग्रहण गर्दै उपस्थिति सम्पुर्ण  संघसंस्थाका प्रतिनिधि सबैलाई हृदय देखी नै हार्दिक कृतज्ञताका साथै धन्यवाद समेत दिएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार