बेलडाँडी, भाद्र ३० । रास्वपाको वडा प्रमाणिकरणमा सुदूरपश्मि प्रदेशकै बेलडाँडी पहिलो पालिका बनेको छ ।
राष्ट्रिय स्वतन्त्रपार्टीका एक नेताका अनुसार पार्टीको विधान अनुसार मापदण्ड पुरा गर्दै बेलडाँडी गाउँपालिका सुदूरपश्मि प्रदेशकै प्रमाणिकरणमा पहिलो पालिका भएको बताए ।
बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीले तोकिएको मापदण्डमा टेक्दै आफ्नो पालिकालाई सुदूरपश्चिमको पहिलो पालिका बनाएको बेलाँडी गाउँपालिकाका सभापति तेज सिंह धामीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार वडा नं.१ र २ यो भन्दा पहिला प्रमाणिकरण भइसकेको बताउदै आज वडा नं.३,४ र ५ नं. वडा आज भएको बताए ।
वडा नं.१ मा कृष्ण बहादुर शाहीको सभापतित्वमा ११ सदस्यीय, वडा नं.२ मा हिमाल ओखेडाको सभापतित्वमा ११ सदस्यीय, ३ मा वीर बहादुर रावलको सभापतित्वमा ११ सदस्यीय, ४ मा मदन प्रसाद रोकायाको सभापतित्वमा ११ सदस्यीय र वडा नं.५ मा कर्ण सिंह मडैको सभापतित्वमा ११ सदस्यीय वडा कमिटीहरु प्रमाणिकरण भएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामीका अनुसार “प्रमाणिकराण हुनका लागि विभिन्न मापदण्ड पुरा गर्नुपर्ने जानाए ।” नगर पालिका वडा समितिको मापदण्ड कुल सदस्य संख्या ४४ जना, ११ जनाको वडा समिति जसमध्ये १ जना सभापति, १ जना उपसभापति, १ जना सचिव, ४ जना महिला, १ जना दलित, बाँकी खुल्ला रहने व्यस्था रहेको छ । साथै गाउँपालिका वडा समितिको मापदण्ड कुल सदस्य संख्या ३३ जना, ११ जनाको वडा समिति जसमध्ये १ जना सभापति, १ जना उपसभापति, १ जना सचिव, ४ जना महिला, १ जना दलित, बाँकी खुल्ला सदस्य रहने व्यस्था व्यवस्था अनुसार प्रमाणिकरण हुने बताए ।
धामीका अनुसार प्रमाणिकरणको काम अन्य पालिकामा समेत शुरु भएको जनाए ।
Discussion about this post